२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानी खाना ‘सुसी’ बनाउने प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण



अ+ अ-

काठमाण्डौ, १ पुस । विगत दुईवर्षदेखि नेपाली युवायुवतीलाई विभिन्न खानेकुरा तयार गर्नेबारे (कुक) तालीम दिई स्वदेशी र विदेशी बजारको लागि दक्ष जनशक्ति उत्पादन गर्दै आएको रेडिशन होटेल ट्रेनिङ्ग सेन्टर कालीमाटीमा आइतबार जापानी खानेकुरा ‘सुसी’ सम्वन्धी ३५ दिने तालीम सम्पन्न भएको छ ।
तालीमका सहभागीहरुलाई सो तालीम केन्द्रकी कार्यक्रम संयोजक सुनिता आचार्य, वरिष्ठ प्रशिक्षक शेफ मान बहादुर तामाङ्ग, वरिष्ठ पत्रकार बलराम प्यासी र राष्ट्रिय खाद्य बैंक लिमिटेडकी महिला उद्यमी विभाग प्रमुख कमला डिसीले खादा र प्रमाणपत्र वितरण गरे ।

दुईवर्षको अवधिमा सो तालीम केन्द्रमा २ हजारजना भन्दा बढीले जापानी खानेकुरा ‘सुसी’ बनाउने तालीम लिएर स्वदेश र विदेशका तारे होटेलहरुमा राम्रो पारिश्रमिक पाउने गरि रोजगारी पाईसकेको वरिष्ठ सुसी शेफ मान बहादुर तामाङ्गले बताए ।

कुनैपनि तालीम नलिई विदेश गएका नेपाली युवायुवतीहरु त्यहाँको बजार बुझेर विदामा स्वदेश फर्केको बेलामा समेत सुसी लगायतका अन्य तालीम लिएर पुन: विदेश जाने गरेको रेडिशन होटेल ट्रेनिङ्ग सेन्टरकी कार्यक्रम संयोजक सुनिता आचार्यले बताइन् ।

आफुसंग सीप हुँदा स्वदेश होस् या विदेशमा राम्रो पारिश्रमिक पाइने भएकोले पछिल्लो समयमा खानेकुरा बनाउने तालीम लिन आउने युवायुवतीहरुको संख्या बढीरहेको पनि उनले बताइन् ।

सुसी तालीमका प्रशिक्षार्थीहरुमा छोइक तामाङ्ग, नमराज तामाङ्ग, खड्ग बहादुर तामाङ्ग, सानु सुनार, सन्ध्या ढुंगाना, विशाल श्रेष्ठ, देविका महर्जन, हेमन्त शर्मा, स्वस्तिका थापा र अनिल अधिकारी छन् ।

३५ दिने तालीममा सैद्धान्तिक र व्यवहारिक तालीम लिए पश्चात उनीहरु सुसीका विभिन्न थरीका परिकार बनाउन सक्षम भएका थिए । तालीम समापनका अवसरमा उनीहरुले तातो र चिसो सहित झण्डै ५० थरीका सुसी तयार गरि प्रशिक्षक र पाहुनालाई खुवाएका थिए ।

रेडिशन होटेल ट्रेनिङ्ग सेन्टरले जापानी खानेकुरा सुसी बनाउने तालीमदेखि कफि बनाउने, इण्डियन, चाइनिज लगायतका खानेकुरा बनाउने तालीम दिँदै आएको छ ।

https://www.facebook.com/newspolar/videos/2074832372872583




भर्खरै