५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मेलम्चीको पानी चाँडो काठमाडौँ पुर्‍याऔँ’



अ+ अ-

सिन्धुपाल्चोक । सभामुख देवराज घिमिरेले मेलम्चीको पानी चाँडोभन्दा चाँडो काठमाडौँ पुर्याउन आग्रह गर्नुभएको छ । मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु–१ अम्बाथानको आज निरीक्षण गर्नुहुँदै उहाँले सक्दो चाँडो काठमाडौँका बासिन्दालाई पानी खुवाउनुपर्नेमा जोड दिनुभयो ।

सभामुख घिमिरेले मेलम्चीको मुहानस्थल अम्बाथान र मुहानको माथिल्लो भेगकोसमेत निरीक्षण गर्नुभयो । मेलम्चीको पानी काठमाडौँ लैजान ढिलाइ भइरहेको सन्दर्भमा उहाँले यसबारे सम्बन्धित निकायबाट जानकारी लिनुभएको हो ।

सो अवसरमा मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनीयर पदमबहादुर कुँवरले मेलम्चीमा हाल भइरहेको कामका बारेमा सभामुख घिमिरेलाई जानकारी गराउनुभएको थियो । उहाँका साथमा पूर्वमन्त्री शेरबहादुर तामाङ, बागमती प्रदेशका पूर्वमन्त्री सरेस नेपाललगायत रहनुभएको थियो । रासस