२७ जेष्ठ २०८३, बुधबार
,
Latest
इयु प्रतिबन्धबारे चीनको चेतावनी कश्मीरमा हेलिकप्टर दुर्घटना रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

हृदयघातपछि मैदानमै ढलेका लुटन टाउनका कप्तानको अवस्था कस्तो छ ?



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत खेल खेलिरहेका बेला लुटन टाउनका कप्तान टम लकयरलाई हृदयघात भएको छ ।

गएराती लुटन टाउन र बर्नमाउथबीचको खेल जारी रहँदा खेलको ६०औं मिनेटमा टम मैदानमै ढलेका थिए । मैदानमै अचानक ढलेपछि उनलाई खेलाडीले तुरुन्त खेल रोकेर सहयोग गरेका थिए ।

उनलाई मैदानमै प्राथमिक उपचार गराएपछि अस्पताल पुर्याइएको थियो । प्रिमियर लिगले कप्तान टमलाई हृदयघात भएको र उनको अवस्था ठिक रहेको बताएको छ । सो घटनापछि रोकिएको खेल पछि स्थगित गरिएको थियो ।

क्लब लुटन टाउनले टमको अवस्था ठिक रहेको जानकारी दिदै सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको छ ।

‘टमलाई अस्पतालमा लगिएको छ, जहाँ हामी समर्थकहरूलाई आश्वस्त पार्न सक्छौं कि उनी स्थिर छन् र उनको आफ्नो परिवार साथमा आएका छन् । थप परीक्षणहरू जारी छ ।’ क्लबले भनेको छ ।

टम यसअघि च्याम्पियनसिप प्लेअफको फाइनलमा समेत यसरी नै मैदानमा ढलेका थिए । त्यसपछि पनि उनलाई अस्पताल लागिएको थियो । गत जुनको सो घटनापछि उनलाई चिकित्सकले अप्रेसनपछि फेरी खेल्न अनुमति दिएका थिए ।

लुटन र बर्नमाउथले १-१ गोलको बराबरी खेल्दै थिए । अब यो खेल अनिश्चितकालका लागि स्थगित गरिएको छ ।