६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हृदयघातपछि मैदानमै ढलेका लुटन टाउनका कप्तानको अवस्था कस्तो छ ?



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत खेल खेलिरहेका बेला लुटन टाउनका कप्तान टम लकयरलाई हृदयघात भएको छ ।

गएराती लुटन टाउन र बर्नमाउथबीचको खेल जारी रहँदा खेलको ६०औं मिनेटमा टम मैदानमै ढलेका थिए । मैदानमै अचानक ढलेपछि उनलाई खेलाडीले तुरुन्त खेल रोकेर सहयोग गरेका थिए ।

उनलाई मैदानमै प्राथमिक उपचार गराएपछि अस्पताल पुर्याइएको थियो । प्रिमियर लिगले कप्तान टमलाई हृदयघात भएको र उनको अवस्था ठिक रहेको बताएको छ । सो घटनापछि रोकिएको खेल पछि स्थगित गरिएको थियो ।

क्लब लुटन टाउनले टमको अवस्था ठिक रहेको जानकारी दिदै सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको छ ।

‘टमलाई अस्पतालमा लगिएको छ, जहाँ हामी समर्थकहरूलाई आश्वस्त पार्न सक्छौं कि उनी स्थिर छन् र उनको आफ्नो परिवार साथमा आएका छन् । थप परीक्षणहरू जारी छ ।’ क्लबले भनेको छ ।

टम यसअघि च्याम्पियनसिप प्लेअफको फाइनलमा समेत यसरी नै मैदानमा ढलेका थिए । त्यसपछि पनि उनलाई अस्पताल लागिएको थियो । गत जुनको सो घटनापछि उनलाई चिकित्सकले अप्रेसनपछि फेरी खेल्न अनुमति दिएका थिए ।

लुटन र बर्नमाउथले १-१ गोलको बराबरी खेल्दै थिए । अब यो खेल अनिश्चितकालका लागि स्थगित गरिएको छ ।