• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो म्यान्चेस्टर सिटी



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले बराबरी खेलेको छ । गएराति भएको खेलमा सिटीले क्रिस्टल प्यालेससँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु मैदान इतिहाड स्टेडियममा अग्रता जोगाउन नसक्दा सिटीले अंक बाँड्नुपर्यो । सिटीका लागि खेलको २४ औं मिनेटमा ज्याक ग्रिलिसले र ५४ औं मिनेटमा रिको लेविसले गोल गर्दै अग्रता बनाएका थिए ।

तर, ७६ औं मिनेटमा जिन फिलिपे मटेटाले र खेलको इन्जुरी समयमा पेनाल्टीमार्फत माइकल ओलिसेले गोल गर्दै क्रिस्टल प्यालेसलाई हारबाट जोगाए । बराबरीसँगै सिटी १७ खेलबाट ३४ अंकका साथ तालिकाको चौंथो स्थानमा छ । यता, प्यालेस १७ अंकका साथ १५ औं स्थानमा छ ।