१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

चुरे संरक्षण नभए तराई मधेसको जनजीवन सङ्कटमा: प्रथम राष्ट्रपति यादव

चुरे संरक्षण नभए तराई मधेसको जनजीवन सङ्कटमा: प्रथम राष्ट्रपति यादव
अ अ+ अ-

जनकपुरधाम: जनकपुरधाम गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले समयमै चुरे क्षेत्रको संरक्षण नभए तराई मधेसको जनजीवन सङ्कटमा पर्ने बताउनुभएको छ ।

जनकपुरधाममा जारी राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत राष्ट्रपति चुरे संरक्षण अभियान सफल बनाउन दबाब दिने उद्देश्यले आज भएको जनप्रतिनिधि र पत्रकारबीचको मैत्रीपूर्ण खेलका अवसरमा उहाँले त्यस्तो बताउनुभएको हो ।

प्रथम राष्ट्रपति यादवले चुरे जल भण्डारका रूपमा रहेको चुरे विनाश तराई मधेसमा भूमिगत पानीको सतह घट्न गई धेरै ठाउँका चापाकल सुक्न थालेकोतर्फ ध्यानाकर्षण गराउँदै थप विकराल अवस्था आउन नदिन सो क्षेत्रको संरक्षणमा सरकार संवेदनशील बन्न जरुरी रहेको बताउनुभयो ।

“चुरे संरक्षणका लागि मैले सुरुदेखि नै चिन्ता र चासो राखिरहेको छु । म अरुलाई पनि पानीको भण्डारका रूपमा रहेको चुरे विनाशले खानेपानी र कृषि सिँचाइका लागि ठूलो समस्या सिर्जना हुँदैछ, त्यसैले सबै सचेत बनौँ भनेर आग्रह गरिरहेको छु”, प्रथम राष्ट्रपति यादवले भन्नुभयो, “जल, जङ्गल र जमिन रक्षा नगरेमा मानव जीवनको पनि रक्षा गर्न सकिँदैन । त्यसैले चुरेलगायत प्राकृतिक स्रोतको संरक्षणका लागि संवेदनशील बन्न म फेरि अपिल गर्न चाहन्छु ।”

त्यसैगरी उहाँले राजनीतिलाई पनि खेलको नियमजस्तै अनुशासित बनाउन सकेमात्रै सुसंस्कृत राजनीति र देशमा विकास हुने भन्दै अब युवापुस्ताले त्यसका लागि प्रयत्न गर्न सक्नुपर्ने धारणा राख्नुभयो । यसअघि राजनीतिक दल तथा पत्रकारबीच भएको ‘सुपर सिक्स’ मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको पत्रकारको टोलीले निर्धारित ओभरमा ८५ रन बनाएको थियो । प्रतिउत्तरमा जनप्रतिनिधिको टोली निर्धारित ओभरमा तीन विकेटको क्षतिमा २२ रन मात्र बनाएर ६३ रनले पराजित भएको थियो ।

मैत्रीपूर्ण खेलमा विजयी पत्रकार टोलीलाई प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुर र जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले ११ हजार नगदसहित विजयी खेलाडीलाई उपहार प्रदान गर्नुभएको थियो । रासस