१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्ट पार्टीहरुले नै ओली सरकारलाई समर्थन गर्ने, दोष भने हामीलाईः महन्थ ठाकुर



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले कम्युनिष्ट पार्टीहरुले नै केपी ओलीको सरकारलाई समर्थन गर्ने तर दोश आफूहरुमाथि लाग्ने गरेको बताउनु भएको छ ।  

बृहत नागरिक आन्दोलनले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष  ठाकुरले ओली सरकारमा भएका कारण आफूहरुका माग पुरा गराउन ओलीसँग कुरा गरेको पनि प्रष्ट पार्नुभयो । उहाँले आफ्नो दलले माओवादी केन्द्रको विरोध नगरेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो ‘अहिले स्वार्थको लडाई भइरहेको छ कम्युनिष्ट पार्टी भित्र । त्यसमा हामीलाई किन उ गर्ने । तपाई अविश्वासको प्रस्ताव भन्नुहुन्छ । आफ्नो पार्टीमा अविश्वासको प्रस्ताव ल्याएर त्यसको समाधान गर्नुहोस न । त्यो भइरहेको छैन ।’ उहाँले प्रचण्डको र आफूहरुको पीडा फरक रहेको पनि बताउनुभयो ।