• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   सन्दीपलाई लिएर क्यान सचिव पारस अमेरिकी दूतावासमा ★   राज्यका निकायप्रति नागरिकको विश्वास बढाउन सकिएन स्वतः बढ्ने निरासाले आक्रोश जन्माउँछ: गृहमन्त्री लामिछाने ★   बङ्लादेशमा चिकित्सा शिक्षा पढ्ने विद्यार्थीको सूची हेरफेरसम्बन्धी समस्या समाधान ★   सन्दीपले अमेरिकी दूतावासबाट भिसा पाएनन् ★   स्वास्थ्यमन्त्री यादवद्वारा वीर अस्पतालमा छड्के अनुगमन ★   टिप्ताला नाका खुलाउने तयारी ★   जोडीहरू किन सबैभन्दा बढी घाँटीमा चुम्बन गर्न मन पराउँछन् ? ★   जलवायु परिवर्तनका समस्या न्यूनीकरण गरेर पृथ्वीको सुरक्षा गर्नुपर्छ: उपप्रधानमन्त्री श्रेष्ठ ★   यी हुन् विश्वका सात कम जनसंख्या भएका सहर, यहाँ त ३० जना मात्रै बस्छन् ★   एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण

पल शाहले उच्च अदालतबाट सफाइ पाएको मुद्दा सर्वोच्चले हेर्नसक्ने



काठमाडौं । उच्च अदालतबाट सफाइ पाएका अभिनेता पल शाहको मुद्दा सर्वोच्च अदालतले दोहोर्याएर हेर्न सक्ने भएको छ । नाबालिग गायिकालाई यौन दुरुपयोग गरेको भनेर जिल्ला अदालतको फैसला उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले पल शाहलाई सफाइ दिएको थियो ।

उक्त फैसलाविरूद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्‍याएर हेरि पाउँ भन्दै निवेदन दिएको थियो ।

उक्त निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश सुष्मालता माथेमा र हरि फुयाँलको इजलासले उच्चको फैसला दोहोर्‍याएर हेर्न अनुमति दिएसँगै सर्वोच्चले दोहोर्याएर हेर्न सक्ने बाटो खुलेको हो ।

उच्च अदालतका न्यायाधीशले पल शाहको मुद्दामा प्रमाणको मुल्यांकन राम्रोसँग नगरेको, कानुनहरूको व्याख्या त्रुटीपूर्ण तरिकाले गरेको र नाबालिग बलात्कारका मुद्दामा सर्वोच्च अदालते प्रतिपादन गरेका सिद्धान्तको प्रतिकुल हुने गरी सफाइ दिएको भन्दै सरकारी वकिल सर्वोच्चमा गएका थिए ।