काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। देशको पहाडी भु-भागहरुमा आंशिक बदलीको अवस्था रहेको छ भने बांकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
आईतबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
अपराह्न पश्चात देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित फाटफुट र हल्का वर्षाको सम्भावना रहेको छ ।











