२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिले सरकार र संसद सफलतापूर्वक सञ्चालनमा आउन सकेनन्: नेता केसी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले वर्तमान सरकार र संसद सफलतापूर्वक सञ्चालनमा आउन नसकेको बताउनुभएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले सरकार र संसद दुवै सफलतापूर्वक सञ्चालनमा आउन नसकेकाले महासमितिको बैठकमा यसबारेमा छलफल गर्नुपर्ने बताउनु भयो । उहाँले महासमितिको बैठकमा नेपाली जनतामा देखिएका असन्तुष्टिबारे छलफल हुन आवश्यक रहेको बताउनु भयो । उहाँले भ्रष्टाचारबिरोधी अभियान सशक्त रुपले अघि बढाउने र विधि विहिनताको अन्त्य गर्नुपर्ने कुरा पनि महासमिति बैठकमा उठाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आम रुपबाट नेपाली जनतामा देखिएका असन्तुष्टिले बिस्तारै बिद्रोहको स्वरुप धारण गर्ने जो अवस्था देखिएको छ, त्यसलाई अब आउने महासमिति बैठकमा त्यसलाई सम्बोधन गर्नेगरी उठाउनुपर्छ । खासगरी भ्रष्टाचारबिरोधी अभियान सशक्त रुपले अघि बढाउनुपर्छ । विधि विहिनताको अन्त्य गर्नुपर्छ । सरकारको उपस्थितिलाई कसरी प्रभावकारी बनाउने ? भनेर सोच्नुपर्छ । अहिले सरकार पनि सफल हुन सकेको छैन, संसद पनि सफलतापूर्वक सञ्चालनमा आउन सकेको छैन । पार्टी पनि गतिशिल भएको छैन । यी समग्र चिजलाई विस्तृत समीक्षा र छलफल गर्नुपर्छ ।’

नेता केसीले पार्टी नेतृत्वमा संकिर्ण घेराबाट परिचालित हुने प्रवृत्ति देखिएको बताउनु भयो ।




भर्खरै