२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापतिका कारण पार्टी चलायमान भएन भन्नुको कुनै तुक छैन: प्रवक्ता महत



file photo
अ+ अ-

काठमाडौँ । अर्थमन्त्री एवं नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टी सभापति शेरबहादर देउवाका कारण पार्टी चलायमान भएन भन्नेकुरामा कुनै सत्यता नभएको बताउनुभएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टी सभापतिका कारण काम गर्न पाइनँ र कार्यक्रम कार्यान्वयन गर्न पाइएन भन्नेकुरामा कुनै सत्यता नरहेको जिकिर गर्नुभयो । पार्टी सभापतिले सबैलाई स्वतन्त्र रुपमा काम गर्न दिएको उहाँको दाबी छ ।

उहाँले भन्नुभयो, ‘विभागहरुले पनि पूर्णता पाइरहेका छन् । कतिपय विभागहरु बाँकी छन् । त्यसले पनि पूर्णता पाउँछ । अब भ्रातृ संगठनहरुले पनि पूर्णता पाइरहेका छन् । तिनीहरु क्रियाशील छन् । भूकम्पदेखि हरेक क्रियाकलापमा भ्रातृ संगठनहरु क्रियाशील छन् । पार्टी सभापतिजीले गर्दा पार्टी चलायमान भएन भन्नेकुरामा कुनै तुक छैन । उहाँले उदारताकासाथ पार्टी सञ्चालन गरिरहनुभएको छ । केन्द्रिय समितिमा छलफल हुँदा त्यस्तो द्वन्द्व, तिक्तताको अवस्था छैन । सबैको दृष्टिकोण सुनेर उदारतका साथ काम जिम्मेवारी दिनुहुन्छ । पार्टी सभापतिको कारणले यहाँ काम गर्न पाइएन कार्यक्रम कार्यान्वयन गर्न पाइएन भन्नेकुरा कुनै सत्यता छैन ।’

प्रवक्ता महतले पार्टीका विभाग र भ्रातृ संगठनहरुले बिस्तारै पूर्णता पाइरहेको र क्रियाशील रहेको पनि बताउनु भयो ।