• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

बालकृष्ण खाँणलाई अदालतपछि सम्पत्ति शुद्धीकरणमा लगियो



file photo

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ ।

जिल्ला अदालतमा धरौटी बापतको बैंक ग्यारेन्टी बुझाएपछि केन्द्रीय कारागार प्रशासनले उनलाई पुल्चोकस्थित विभागमा उपस्थित गराएको हो ।

खाँण निजी गाडी चढेर सम्पत्ति शुद्धीकरणमा उपस्थित भएका हुन् । सम्पती शुद्धीकरण अनुसन्धान विभागको छानबिनपछि खाँणलाई साधारण तारेखमा छाड्ने वा धरौटी लिने भन्नेबारे निर्णय हुनेछ । त्यसपछि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने तयारी छ ।