• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

बालकृष्ण खाँणले बुझाए ३० लाख बैंक ग्यारेन्टी



file photo

काठमाडौँ । नक्कली भूटानी शरणार्थी प्रकरणका आरोपी नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

पूर्व गृहमन्त्री खाँणलाई बिहीवार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएसँगै छोड्नको लागि प्रक्रिया पुर्‍याउन जिल्ला अदालतमा उपस्थित गराइएको हो । खाँणले काठमाडौं जिल्ला अदालत पुगेर ३० लाख रुपैयाँको बैंक ग्यारेन्टी बुझाएका छन् ।

सम्पती शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएपछि मात्र खाँणलाई छोडिने छ ।

यसअघि ‘बालकृष्ण खाँणले ३० लाख धरौटी बुझाए’ भनिएकोमा सच्चाईएको छ ।