२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिंसा र मुठभेठले समस्याको समाधान दिँदैन: केपी ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसात्मक गतिविधिले कुनै पनि प्रकारको समस्या समाधान नहुने बताउनुभएको छ ।

शुक्रबार आफ्नो जन्मथलो तेह्रथुमको म्याङ्लुङ आयोजित शुक्रबार झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जे गरे पनि आन्दोलन नहुने बताउनुभयो । ‘हिंसात्मक रूप दिनु, मुठभेटमा जानु, त्यसले कुनै पनि समस्याको समाधान दिँदैन’, उहाँले भन्नुभयो ।

लोकतन्त्रमा लोकतान्त्रिक विधिबाट नै समस्याको समाधान खोज्नु पर्नेमा उहाँले जोड दिनुभयो । लोकतन्त्रमा सबै समस्याको समाधान लोकतान्त्रिक विधिबाट शान्तिपूर्ण ढङ्गले नै हुनसक्ने उहाँले प्रष्ट पार्नुभयो ।

बाटाका प्रदर्शनले, बाटोमा रुख ढालेर समस्या समाधान नहुने उहाँले प्रष्ट पार्नुभयो । यो कुरा सबैले बुझ्न आवश्यक रहेको ओलीले बताउनुभयो ।
एमालेले प्रभाकारी ढङ्गले देश विकासको काम गरिरहेका अवस्थामा षडयन्त्रपूर्ण ढङ्गले सत्ताबाट हटाउने काम भएको ओलीले बताउनुभयो । देशी विदेशी शक्ति आत्तिएर एमालेलाई अन्यायपूर्ण तरिकाले सरकारबाट हटाइएको ओलीको भनाइ छ ।

एमालेले फेरी पनि जनताको अभिमतमा विश्वास गरेर धैर्यताको साथ सरकारमा पुग्ने अठोटका साथ काम गरिरहेको उहाँले बताउनुभयो । गठबन्धनका षडयन्त्रपूर्ण क्रियाकलाको भण्डाफोर गर्दै एमाले शान्तिपूर्ण ढङ्गले जनताको अभिमतबाट अगाडि आउने उहाँले स्पष्ट पार्नुभयो ।
समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्न एमालेले मिसन २०८४ भनेको उहाँले स्पष्ट पार्नुभयो । मिसन २०८४ समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्ने मिसन भएको उहाँले बताउनुभयो ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।