१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

हिंसा र मुठभेठले समस्याको समाधान दिँदैन: केपी ओली

हिंसा र मुठभेठले समस्याको समाधान दिँदैन: केपी ओली
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसात्मक गतिविधिले कुनै पनि प्रकारको समस्या समाधान नहुने बताउनुभएको छ ।

शुक्रबार आफ्नो जन्मथलो तेह्रथुमको म्याङ्लुङ आयोजित शुक्रबार झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जे गरे पनि आन्दोलन नहुने बताउनुभयो । ‘हिंसात्मक रूप दिनु, मुठभेटमा जानु, त्यसले कुनै पनि समस्याको समाधान दिँदैन’, उहाँले भन्नुभयो ।

लोकतन्त्रमा लोकतान्त्रिक विधिबाट नै समस्याको समाधान खोज्नु पर्नेमा उहाँले जोड दिनुभयो । लोकतन्त्रमा सबै समस्याको समाधान लोकतान्त्रिक विधिबाट शान्तिपूर्ण ढङ्गले नै हुनसक्ने उहाँले प्रष्ट पार्नुभयो ।

बाटाका प्रदर्शनले, बाटोमा रुख ढालेर समस्या समाधान नहुने उहाँले प्रष्ट पार्नुभयो । यो कुरा सबैले बुझ्न आवश्यक रहेको ओलीले बताउनुभयो ।
एमालेले प्रभाकारी ढङ्गले देश विकासको काम गरिरहेका अवस्थामा षडयन्त्रपूर्ण ढङ्गले सत्ताबाट हटाउने काम भएको ओलीले बताउनुभयो । देशी विदेशी शक्ति आत्तिएर एमालेलाई अन्यायपूर्ण तरिकाले सरकारबाट हटाइएको ओलीको भनाइ छ ।

एमालेले फेरी पनि जनताको अभिमतमा विश्वास गरेर धैर्यताको साथ सरकारमा पुग्ने अठोटका साथ काम गरिरहेको उहाँले बताउनुभयो । गठबन्धनका षडयन्त्रपूर्ण क्रियाकलाको भण्डाफोर गर्दै एमाले शान्तिपूर्ण ढङ्गले जनताको अभिमतबाट अगाडि आउने उहाँले स्पष्ट पार्नुभयो ।
समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्न एमालेले मिसन २०८४ भनेको उहाँले स्पष्ट पार्नुभयो । मिसन २०८४ समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्ने मिसन भएको उहाँले बताउनुभयो ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।