४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विल गेट्स सिनियर अवार्डबाट सरसफाइ अभियन्ता श्रेष्ठ सम्मानित,१ करोड ३२ लाख राशीको पुरस्कार



अ+ अ-

काठमाडौं । ‘विल गेट्स सिनियर अवार्ड २०२३’ बाट वातावरण तथा सरसफाइ अभियन्ता डा. रोशन राज श्रेष्ठ सम्मानित हुनुभएको छ ।

विल एण्ड मेलिण्डा गेट्स फाउन्डेसनको संसारभर कार्यरत ३ हजार भन्दा बढी कर्मचारी मध्येबाट डा. श्रेष्ठ सर्वोत्कृष्ट हुन सफल हुनुभएको हो । सुरुमा ३ हजार कर्मचारी मध्येबाट उत्कृष्ट २५ कर्मचारी छानिएको थियो । उत्कृष्ट २५ मध्येबाट डा. श्रेष्ठलाई सर्वोत्कृष्ट घोषणा गरिएको हो।

अमेरिकामा आयोजित विशेष कार्यक्रममा फाउन्डेसनका संस्थापक विल गेट्सले सो अवार्डको घोषणा गर्नुभयो । १ लाख डलर (करिब १ करोड ३२ लाख रुपैयाँ) राशीको अवार्ड डा. श्रेष्ठलाई प्रदान गरिएको हो । अहिले खानेपानी र सरसफाइ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा अफ्रिकाको रुवाण्डामा रहनुभएका रोशन श्रेष्ठले भर्चुअल माध्यम मार्फत सम्मान ग्रहण कार्यक्रममा सहभागिता जनाउनु भएको थियो ।

वातावरण, सरसफाइ तथा जनस्वास्थ्य क्षेत्रमा डा। रोशन श्रेष्ठको ३५ बर्ष भन्दा लामो अनुभव छ । सन् १९९० ताका वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) स्थापना गरेर कार्यकारी निर्देशकको रुपमा काम गर्नु भएका श्रेष्ठले सन् २००५ मा संयुक्त राष्ट्रसंघ मार्फत विभिन्न देशमा सेवा गरिसक्नु भएको छ ।

सन २०१२ देखि हालसम्म डा. श्रेष्ठ विल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनमा डेपुटी डाइरेक्टरको रुपमा कार्यरत हुनुहुन्छ ।