१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

समृद्धिको लागि संकल्प यात्राबाट जनतासँगको सम्बन्ध अत्यन्त निकट भएको छ: प्रदीप ज्ञवाली

समृद्धिको लागि संकल्प यात्राबाट जनतासँगको सम्बन्ध अत्यन्त निकट भएको छ: प्रदीप ज्ञवाली
अ अ+ अ-

कठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले सुरु गरेको समृद्धिका लागि संकल्प यात्राले पार्टीको आत्मबल र मनोबल उठाउन निक्कै मद्दत गरेको बताउनुभएको छ ।

शुक्रबार तेह्रथुममा झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको १५ दिनको अनुभव सुनाउँदै ज्ञवालीले पहाड विकासको सम्भावनाको क्षेत्र हुँदा हुँदै पनि तीव्र बसाइसराइलाई कसरी रोक्न सकिन्छ भन्ने विषयमा जनताको कुरा सुन्ने यात्राको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

त्यस्तै जनतामा देश बरबाद भयो भन्ने निराशा फैलाइरहेको अवस्थालाई चिर्न अभियान सञ्चालन गरेको उहाँले बताउनुभयो । त्यस्तै नेपालको कम्युनिष्ट पार्टीको अबको मार्गचित्र के हो भन्ने नागरिकलाई स्पष्ट पार्न यात्रा आयोजना गरिएको उहाँले प्रष्ट पार्नुभयो ।

अहिले बिथोल्न खोजिएको सामाजिक सद्भावलाई चिर्न पनि यात्राको आयोजना गरिएको उहाँले बताउनुभयो । झुलाघाटबाट वसन्तपुरसम्म पुग्दा २९ वटा सभा र एक सय भन्दा बढी ठुला भेला आयोजना गरिएको उहाँले बताउनुभयो । राति १० बजेसम्म पनि नागरिकले कार्यक्रममा सहभागिता जनाएको उहाँले प्रष्ट पार्नुभयो ।

यसै गरी विकासका विभिन्न आयोजना अवलोकन तथा मध्यपहाडको विकासको समस्या र सम्भावनाका बारेमा पनि नागरिकसँग ठाउँ ठाउँमा संवाद गरिएको उहाँले जानकारी दिनुभयो । यसले पार्टी र जनता बिचको सम्बन्ध सुधार भएको ज्ञवालीले बताउनुभयो । ‘ यो यात्राबाट नेकपा एमालेले प्राप्त गरेको महत्पूर्ण कुरा के हो भने हाम्रो जनतासँगको सम्बन्ध अत्यन्त निकट भएको छ, सात आठ लाख मान्छेसँग त हामीले प्रत्यक्ष भेटेका छौँ’, उहाँले भन्नुभयो ।

नेकपा एमालेलाई आधार बनाएर गणतन्त्र नै संकटमा पर्दै छ भन्ने भाष्य निर्माण गर्न खोजिएको अवस्था नागरिकका बिचमा सो भ्रम चिर्न यात्रा सफल भएको उहाँले बताउनुभयो । नागरिकले नेकपा एमालेलाई धेरै सुधार दिनुभएको उहाँले सुनाउनुभयो । एमालेको कार्यशैलीमा सुधार गर्न नागरिकले धेरै सुझाव दिएको उहाँले बताउनुभयो ।

पहाडमा विकासका प्रचुर सम्भावना भएको बताउँदै उहाँले त्यसलाई नजिकबाट नियाल्ने अवसर यात्राको क्रममा मिलेको बताउनुभयो । विकासको योजनालाई त्यस मामलामा केन्द्रित गर्न यात्राले सहयोग पुगेको ज्ञवालीले बताउनुभयो ।

केही समय यता पूर्वी पहाडमा पहिचानको नाममा जातीय सद्भाव भड्काउन खोजिएको भन्दै ज्ञवालीले त्यसलाई चिर्न पनि अभियान सफल भएको प्रष्ट पार्नुभयो । ‘मिलेर बसेको नेपाली समाजमा अलिकति तिक्तता बढाउने, दुरी बढाउने प्रयास भएको देखिएको छ’, उहाँले भन्नुभयो ।

पहिचान भनेको एउटा परिचय जस्तो देखिए पनि कुनै जात र धर्मको मात्र कुरा गरेर पहिचान स्थापित नहुने ज्ञवालीलेले प्रष्ट पार्नुभयो । त्यसो हुन्थ्यो भने मुस्लिम मुस्लिम बिच वा क्रिश्चियन क्रिश्चियन बिच कुनै विवाद नै हुनु नपर्ने ज्ञवालीको धारणा छ । ‘धर्म जात, संस्कृति, भाषा, भूगोले यी सबै तोड्ने कुरा होइन, यसलाई जोड्ने आधार बनाउनु पर्छ’, उहाँले भन्नुभयो ।

अहिले बसाइसराइको कारण बूढाबूढीलाई तातोपानी खुवाउने मान्छे समेत नभएको, विद्यालय खाली हुँदै गएको, वातावरण परिवर्तनको प्रभाव बढ्दै गएको पाइएको उहाँले बताउनुभयो । यसको समाधानको लागि योजना बनाएर अघि बढ्न जरुरी रहेको उहाँको भनाइ छ । यो काम एमालेबाट मात्र सम्भव हुने विश्वास नागरिकमा रहेको उहाँले दाबी गर्नुभयो ।

उहाँले अन्य राजनीतिक दललाई पनि काठमाडौँ बसेर सत्ताको फोहोरी राजनीति गर्न छाडेर जनताको बिचमा आउन आग्रह गर्नुभयो । यसले नागरिकमा रहेको निराशा हटाउन सहयोग गर्ने उहाँको धारणा छ ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ ।

बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।