काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नी सापकोटा बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली संग छलफल गर्न समाभुख ओली प्रधानमन्त्रीको सरकारी निबास वालुवाटारमा बिहान ११ बजे पुग्नु भएको थियो ।
सर्बोच्च अदालतको आदेश पछि संसद पुन :स्थापना भए पछि उहाँहरु बीच पहिलो पटक औपचारिक रुपमा छलफल भएको हो । संसद अधिबेशन जारी गरेको तर प्रभाबकारी नभएको भन्दै गुनासो आईरहेको समयमा उहाँहरु बीच छलफल भएको हो ।
बिहान ११ बजे भएको भेटमा संसद संञ्चालन , बैठकलाई प्रभाबकारी बनाउने तथा संसदमा रहेका बिधेयकहरुको बारेमा छलफल भएको सभामुखका प्रेश बिज्ञ श्रीधर पौडेलले जानकारी दिनुभयो ।











