२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले…
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय संसदको भुमिकालाई प्रभावकारी बनाउनुपर्छ: सभामुख घिमिरे



file photo
अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदको भुमिकालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।

बिहीवार संघीय संसद सचिवालयद्वारा १७ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसदको भुमिकालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको हो ।

उहाँले संसदको गरिमा कायम राख्दै संसदको भुमिकालाई प्रभावकारी बनाउन सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले संसदको सन्दर्भमा विगतमा भएका बिडम्बनापूर्ण व्याख्या, विश्लेषण र अनुभुतिहरुलाई आफूले गम्भिरताका साथ लिएको बताउनु भयो । उहाँले संसदको गरिमालाई उच्च राख्नका संघीय संसद सचिवालयले संविधानले व्यवस्था गरे अनुरुपको काम गर्नुपर्ने बताउनु भयो । उहाँले संसदलाई प्रभावकारी बनाउन सबैले आ–आफ्नो ठाउँबाट दायित्व र जिम्मेवारीहरु पूरा गर्नुपर्ने बताउनु भयो । उहाँले आर्थिक अवस्था कमजोर हुँदा संघीय संसद सचिवालयले चाहेजस्तो काम गर्न नसकेकोतर्फ इंकित गर्दै मुख्य समस्या आर्थिक समस्या मात्रै नभएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘म सेवा छुट्टै नभएको बेलाको यहाँको एउटा सहभागि हुँ । त्यतिबेला यो सभाको आकर्षण धेरै हिसावले राम्रो थियो । खासगरी आर्थिक हिसावबाट आकर्षण राम्रो थियो । तर देशको हालत के थियो ? म यो अवसरमा त्यो देशको हालत के थियो र त्यतिबेला आर्थिक रुपबाट आकर्षण कसरी थियो ? यतातिर फर्केर हेर्नुपर्छ भनेर म एउटा सांसदको नाताले पनि तपाईहरुलाई भन्छु र अहिले सभामुखको नाताले पनि म त्यसलाई भन्न चाहन्छु । हामी यस्ता कुराहरु प्रति नीति बनाउँदा, नीतिलाई कार्यान्वयन गर्दा हाम्रो सर्वोच्च विधायिका संस्था संसदले सरकारलाई निर्देशित गर्दा, सरकारको कामहरुको अनुगमन गर्दा र सरकारलाई चाहिएको ऐनहरु बनाउँदा यि कुराहरु प्रति गम्भिर भएर हामीले छलफल गरिरहेका छौँ कि छैनौँ ? तदनुकुलको आचरण र व्यवहारहरु गर्नको लागि हामीले मेहनत गरिरहेका छौँ कि छैनौँ ? त्यसो गर्नका लागि व्यवस्थापनले दिनुपर्ने ध्यान दिइरहेको छ कि छैन ? आजको दिनमा यि कुराहरु पनि सोच्नुपर्छ भन्ने मलाई लाग्छ ।’

‘हाम्रो गाउँघरमा उखान हुन्छ – म पछार्न त पछार्ने थिएँ, तर मलाई खुट्टै टेक्न दिइएन । हामी गर्न त धेरै गथ्र्यौ तर हाम्रो आर्थिक स्थिति नै कमजोर भयो । तर यो समस्याको समाधान गर्न नसकिने कुरा छैन । र मुख्य समस्या त्यो हो जस्तो लाग्दैन । मुख्य समस्या भनेको शक्ति पृथकिकरणको सिद्धान्त मात्रै होइन, विश्वव्यापी रुपमै संसदको भुमिका के हुन्छ ? संसदको गरिमा कसरी राख्न सकिन्छ ? संसदलाई कसरी प्रभावकारी पार्न सकिन्छ ? यसको विषयमा विगतका दिनहरुदेखि अहिलेसम्म आइपुग्दाखेरी हामीले बिडम्बनापूर्ण व्याख्या, विश्लेषण र अनुभुतिहरु गर्नुपर्ने कुरालाई मैले पनि गम्भिरतासाथ लिएको छु । यसलाई अन्त्य गर्नका लागि, यसको गरिमालाई उच्च राख्नको लागि यसको प्रभावलाई प्रभावकारिताका साथ सम्पन्न गर्नको लागि, स्थायी रुपमा काम गरिरहेको सचिवालय जो संविधानको धारा १०७ ले व्यवस्था गरेको छ र तदनुकुलका कानूनहरु बनेको छन् । संघीय संसदको सचिवालयलाई प्रभावकारी पार्नको लागि के–के गर्नुपर्छ ? विगतका अनुभवहरु लिँदै राम्रा कामहरु गर्नको लागि के–के गर्नुपर्छ ? त्यसमा क–कसको के–के दायित्व छ ? यो सबै कुराहरुमा हामी जिम्मेवारीका साथ अगाडी बढौँ ।’

सभामुख घिमिरेले संघीय संसद सचिवालयका कर्मचारीहरुले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुलाई सहयोग पुर्‍याउनुपर्ने पनि बताउनु भयो ।