५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपहाडी क्षेत्र भविष्यको आधार हो: महासचिव पोखरेल



अ+ अ-

भोजपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको मेची—महाकाली यात्राले जनतामा उत्साह थपेको बताउनुभएको छ ।

बिहीवार भोजपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले मध्यपहाडी राजमार्ग आधारित यात्रा ठिक समयमा लिएको ठिक निर्णय लिएको भन्ने पुष्टि भएको बताउनु भयो । उहाँले जनतामा निराशा पैदा गर्ने अवस्थालाई यात्राले उत्साह थपेको बताउनु भयो ।

उहाँले गठबन्धन सरकारसँगको असफलतासँग जोडिएर सिंगो प्रणालीमाथि प्रहार भइरहेको अवस्थालाई मध्यपहाडी यात्राले असफल बनाएको बताउनु भयो । उहाँले यात्राले मुलुक फेरि लोकतन्त्रको सबल बाटोमा अघि बढ्न आधार तयार भएको बताउनु भयो । उहाँले पूर्वाधारको विकास र बसाईंसराईको प्रवृत्तिबारे पनि अध्ययन भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समृद्धिका लागि संकल्प यात्रा मंसिर १४ बाट आरम्भ गरेका थियौँ । आज १५ औं दिन भएको छ । हाम्रो यात्रा हामीले जतिबेला यात्राको योजना बनाएका थियौँ । जति ठाउँमा कार्यक्रम गर्ने भनेका थियौँ त्यो भन्दा ज्यादा जनतामा उत्साह देखार्‍पयो । जनता सडकमा आइसकेपछि जनतालाई उपेक्षा गरेर अघि बढ्न सकिँदैन थियो । त्यसैले यात्रा लामो पनि भयो । यात्राका क्रममा रातको १० बजेसम्म पनि सभा गर्नुपर्ने स्थिति भयो । मध्यपहाडी राजमार्ग आधारित यात्रा ठिक समयमा लिएको ठिक निर्णय लिएको भन्ने पुष्टि भएको छ । जनतामा निराशा पैदा गर्ने जुन प्रयास भएको थियो, गठबन्धन सरकारसँगको असफलतासँग जोडिएर सिंगो प्रणालीमाथि प्रहार गर्ने, समाजलाई अराजकतातिर लैजाने प्रयास भएको थियो । यो यात्राले ति सबै प्रवृत्तिमाथि विजय हासिल गरेको छ । जनताको अजेय शक्तिलाई पुष्टि गरेको छ । नेकपा एमालेको यो यात्राले मुलुक फेरि लोकतन्त्रको सबल बाटोमा अघि बढ्न आधार तयार भएको छ । यसले भविष्यमा मुलुकको विकास र समृद्धिको यात्राका लागि महत्वपूर्ण आधार तयार गरेको छ । पूर्वाधारको विकास र बसाईंसराईको प्रवृत्ति जुन पहाडी क्षेत्रमा देखापरेको छ, त्यसलाई कसरी रोक्ने भन्नेबारेमा अध्ययन गर्न हामी चाहन्थ्यौँ । मध्यपहाडी क्षेत्र भविष्यको आधार हो भन्ने पुष्टि भएको छ । जनतामा फैलिँदै गइरहेको निराशालाई तोड्ने कुरामा यो यात्रा सर्वाधिक सफल रह्यो । भविष्यप्रतिको आशा जगाउने कुरामा यो यात्रा सफल भएको छ ।’

महासचिव पोखरेलले मध्यपहाडी क्षेत्र भविष्यको आधार भएको बताउनु भयो । मध्यपहाडी यात्रा जनतामा फैलिँदै गइरहेको निराशालाई तोड्ने कुरामा सर्वाधिक सफल भएको बताउनु भयो ।