५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरुण तरेर धनकुटा पुग्यो एमालेको संकल्प यात्रा



अ+ अ-

धनकुटा ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्पयात्रा धनकुटा प्रवेश गरेको छ ।
बैतडीको महाकाली नदी किनार झुलाघाटबाट यात्रा सुरु भएको १५ औँ दिन यात्रा पूर्वको अरुण तरेर धनकुटा प्रवेश गरेको हो ।

बिहीबार बिहान भोजपुरबाट सुरु भएको यात्रा धनकुटा प्रवेश गरेको छ । अरुण नदी किनारमा रहेको धनकुटाको लेगुवाघाटमा संकल्प यात्रालाई स्वागत गरिएको छ ।

संकल्प यात्रामा सहभागीलाई स्वागत गर्न अरुण नदी किनारमा ठुलो सङ्ख्यामा पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारणको उपस्थिति रहेको छ । आफ्नो जातीय पहिचान सहितको पोसाकमा नेताहरूलाई स्वागत गर्न स्थानीय भेला हुनुभएको छ ।

 

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।