• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

भोजपुरमा ओलीलाई कालो झण्डा



भोजपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने पहिचानवादी पक्राउ परेका छन् ।

मध्यपहाडी संकल्प यात्राअन्तर्गत भोजपुरबाट धनकुटातर्फ जाने क्रममा बैंक रोडमा ओलीलाई कालो झण्डा देखाउनेलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जसपाका उपाध्यक्ष मञ्जु राई, किरात फोसर्का अध्यक्ष दिनेश राई, धिरज राई, धिरेन खिम्बूले ,मनि राई, तायावुङ राईलगायत रहेका छन् ।

कोशी प्रदेश नामकरणको विरोधमा पहिचानवादीले एमालेको विरोध गरिरहेका छन् । साथै, उनीहरुले एमालेको संकल्प यात्रालाई अवरोध गर्ने उद्देश्यसहित बन्दसम्मका संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।