२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्कल्प यात्रा अभूतपूर्व सफल भयो: एमाले उपाध्यक्ष पौडेल



अ+ अ-

भोजपुर । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजतन्त्रलाई ब्युँझाउने, देशमा अराजकता मच्चाउने र सामाजिक सद्भाव भड्काउने खालका गतिविधि सुरु भएकोले बेला यस्ता सबै शक्तिलाई परास्त गर्न सकिने सन्देश सङ्कल्प यात्राले दिएको बताउनु भएकाे छ  ।

भोजपुरमा पत्रकारसँग कुरा उपाध्यक्ष पौडेलले सङ्कल्प यात्राले जनताको अजेय शक्तिलाई एक पटक पुन पुष्टि गरेको बताउनु भयाे  । उहाँले लोकतन्त्र नै जनतालाई सर्वशक्तिमान् बनाउने माध्यम हो भन्ने कुरालाई यसले पुनः पुष्टि गरेको उल्लेख गर्दै सङ्कल्प यत्राले मुलुकको विकास र समृद्धिको आधार तयार गरेको बताउनुभयाे ।

एमालेले सुरु गरेको यो यात्राले मध्य पहाडी जिल्लामा मात्र होइन सबै नागरिकमा आशा जगाउन सफल भएको नेता पौडेलको भनाइ छ । बिहीबार भोजपुरमा पत्रकारसँग कुरा गर्दै पौडेलले अभियानको क्रममा नागरिकमा सोचेभन्दा बढी उत्साह देखिएको बताउनुभयाे ।

उहाँले नेकपा एमालेबाट मात्र मुलुकको समृद्धि सम्भव छ भन्ने सन्देश यो अभियानले दिन सकेको बताउँदै उनले भविष्य प्रतिको आशा जगाउने कुरामा यात्रा सफल भएको दाबी गर्नुभयो ।

‘नेपालको राजनीतिप्रति चासो राख्ने हरेक नागरिकले यो यात्रालाई सफल र सार्थक यात्राका रूपमा चित्रण गरेका छन्, जनतामा फैलँदै गएको निराशा तोड्ने कुरामा यो यात्रा अभूतपूर्व रूपमा सफल रह्यो, उनले भने असाधारण उत्साह थपिएको छ, उपाध्यक्ष पौडेलले झुला घाट चिवा भन्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राका लागि १५ दिन यो बाटोमा हिँड्दा यो मार्गलाई डबल डेलिकेटट गर्नुपर्ने, घुम्ती र मोड मिलाउनुपर्ने, पुल बनाई केही ठाउँमा रुटसमेत फेरेर छोटो बनाउनेतर्फ ध्यानाकर्षण भएको  जनाउनु भयाे  ।

मध्य पहाडी क्षेत्र भविष्यको विकास र समृद्धिको आधारशिला हो भन्ने कुरालाई उजागर गर्न हामीले सफलता प्राप्त गरेका छौँ, भविष्यको विकासको आधारशिला हामीले मध्य पहाडी राजमार्गलाई बनाउन सक्दछौँ’, पौडेलले भन्नुभयाे  ।

मध्य पहाडका सबै जिल्लामा फलफूल र जडीबुटी खेतीको प्रचुर सम्भावना रहेको उहाँ बताउनुभयाे  । ‘पहाड र हिमाली क्षेत्र फलफूल र जडीबुटीको उर्वरा भूमि हुन्, फलफूल खेतीका माध्यमबाट पहाडी क्षेत्रको जीवन परिवर्तन गर्न सकिन्छ भन्ने कुरा यो यात्राका क्रममा प्रमाणित भएको छ’, उहाँले भन्नुभयाे यात्राले स्थानीय मौलिक संस्कृतिलाई राष्ट्रियकरण गर्ने काम पनि गरेको छ। संस्कृतिका हिसाबले पनि मध्य पहाड विशिष्ट क्षेत्र रहेछ भन्ने कुरा अनुभूत गर्न सकिन्छ । ‘नेपाल बहु जातीय, बहुभाषिक, बहु सांस्कृतिक समाज भित्र हामीले एकता निर्माण गर्ने आधार खोजी रहेका थियौँ, त्यो आधार प्राप्त भएको छ’, उहाँले भन्नुभयाे  ।