१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

बाँसुरी खल: धें धें बल्ला कासा (बाँसुरी वादन प्रतियोगिता) मा थ वही ल्याय्म्ह पुच: प्रथम

बाँसुरी खल: धें धें बल्ला कासा (बाँसुरी वादन प्रतियोगिता) मा थ वही ल्याय्म्ह पुच: प्रथम
अ अ+ अ-

काठमाडौँ । २९ औँ महानगर दिवसको सन्दर्भमा पारेर आज राष्ट्रिय सभा गृहमा आयोजना गरिएको महानगरपालिका स्तरीय बाँसुरी बादन प्रतियोगितामा वडा नं. २६ को थवही ल्याय्म्ह पुच: मचा कवको समूहले प्रथम स्थान हासिल गरेको छ । यस्तै वडा नं. १६ को श्री श्वेत बिनायक बाँसुरी ल्हुति संरक्षण समितिको समूह दोस्रो र वडा नं. २० को अशोक विनायक व्यवस्थापन समाजको समूहले तेस्रो स्थान प्राप्त गरेको छ ।

प्रथम स्थान हासिल गर्नेलाई १ लाख ५० हजार रुपैयाँ नगद र शिल्डमा चाँदीको ठूलो बाँसुरी, दोस्रो स्थान हासिल गर्नेलाई १ लाख रुपैयाँ नगद र शिल्डमा चाँदीको मझौला बाँसुरी र तेस्रो स्थान हासिल गर्नेलाईं ५० हजार रुपैयाँ नगद सहित शिल्डमा चाँदीको सानो बाँसुरी प्रदान गरियो ।

प्रतियोगितामा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानबाट जीवन आले,, सांस्कृतिक संस्थान (राष्ट्रिय नाच घर) बाट दूर्गाप्रसाद खतिवडा, रेडियो नेपालबाट डा. निरञ्जन राजभण्डारीले निर्णायक मण्डलमा हुनुहुन्थ्यो ।

विजेतालाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्दै उपप्रमुख डंगोलले, अमूर्त सांस्कृतिक सम्पदासँग जोडिएका बाजागाजा र बाद्य परम्परा जोगाउने कामलाई महानगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । ‘गएको बर्ष धिमे बाजा प्रतियोगिता आयोजना गरेका थियौँ । यस बर्ष बाँसुरी बादन प्रतियोगिता गर्‍यौँ । अमूर्त सांस्कृतिक सम्पदासँग जोडिएका रहनसहन, बाजागाजा, भेषभुषा, श्रृङ्गार, भाषा, साहित्य र सिर्जना जोगाउने काम गर्नेछौँ ।’ उहाँको भनाइ थियो ।

प्रतिस्पर्धामा आएका सबै समूह विजेता हुन् । पहिलो, दोस्रो र तेस्रो स्थान प्राविधिक कुरा हो । प्रतिस्पर्धाका विषयमा धारणा राख्दै सम्पदा समितिका संयोजक आशामान संगतले भन्नुभयो, ‘समुदाय र परम्परागत खल: पुच: सँग महानगरपालिकाको आत्मीय सम्बन्ध स्थापित हुने काम गर्नेछौँ ।’

महानगर स्वर्णिम योजना ‘सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत परम्परागत बाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा ७ वटा समूहले भाग लिएका थिए । बिजेता ३ समूहबाहेक अरु समूहलाई प्रोत्साहनस्वरुप १०/१० हजार रुपैयाँ प्रदान गरिएको थियो । यसरी प्रोत्साहन प्राप्त गर्नेमा वडा नं. १२ को धर्मचक्र त:ननी खल, वडा नं. ८ को ग्वल बाजं खल:, वडा नं. २२ को पाक्व:पुखुद्या मानन्धर सना: खल, वडा नं. २४ को केशचन्द्र महाविहार संरक्षण समाजका प्रतियोगी समूह थिए ।

प्रतियोगीले परम्परागत भेषभुषा र गरगहना (सृङ्गार) मा प्रस्तुति गरेका थिए । एउटा समूहमा १२ जनासम्मले भाग लिन पाउने सर्त थियो । प्रतियोगी समूहका ८ जनाले बाँसुरी मात्र बजाएका थिए । केही समूहले तीनवटै बाँसुरी समावेश गरेका थिए । ठुलो र मध्यम वा मध्यम र सानो बाँसुरी बजाउनु प्रतियोगिताको अनिवार्य सर्त थियो ।

समूहका बाँकी ४ जनामध्ये २ जनाले पछिमा, खिं, कोचखिं, धा:, नायखिं, मादल, धिमे, धोलक, नगर वा अन्य नेवार समुदायका छालाका बाजामध्येका ३ वटा बाजा समावेश गरेका थिए । २ जनाले ता:, झ्याली, बबू, भुस्या:, छुस्या, घौ, घंघलाजस्ता नेवार समूदायमा बजाइने धातुबाट बनेका बाजाहरु सहायक बाजाका रुपमा बजाएका थिए ।

प्रतियोगितामा समूह दर्ता गर्दा प्रतियोगीले ५ वटा धुन छानेर पठाएका थिए । पठाइएकामध्ये प्रतियोगितामा २ वटा धुन बजाउनु पर्ने थियो । त्यसमध्येको पहिलो धुन आफैँले रोजेको बजाएका थिए । बाँकी ४ वटामध्ये गोलाबाट छान्दा आएको धुन दोस्रो प्रस्तुतिका रुपमा बजाएका थिए ।

एउटा धुन बजाउन ५ मिनेट समय दिइएको थियो । प्रस्तुति सक्न ४ मिनेटमा संकेत दिइएको थियो । छोटा धुन २ वटासम्म मिलाएर बजाउन दिइएको थियो ।