• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo

काठमाडौँ मल अगाडि माइक्रो बसले ठक्कर दिँदा ६ जना घाइते



काठमाडौँ । काठमाडौँको सुन्धरास्थित काठमाडौं मल अगाडि माइक्रो बसले ठक्कर दिँदा ६ जना घाइते भएका छन्।

बुधबार साढे ६ बजे बौद्ध जोरपाटी रुटमा चल्ने जोरपाटी दीपमाला यातायात प्रालिको बा१ज ६११८ नम्बरको अनियन्त्रित माइक्रो बसले ठक्कर दिँदा बस कुरेर सडक किनारामा बसेका यात्रु घाइते भएका हुन् ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटना लगतै घाइतेलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ भने उनीहरूको परिचय खुलिसकेको छैन।

अनियन्त्रित माइक्रो बसले आकाशेधारा रत्नपार्क रुटको बा५ख ८४१३ नम्बरको बसको पछाडिको भागमा ठक्कर दिँदा सामान्य क्षति पुगेको छ। माइक्रो बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।