११ पुष २०८१, बिहीबार
,
Latest
दुर्घटनाग्रस्त अजरबैजान एयरलाइन्सको विमान चरासँग ठोक्किएको प्रारम्भिक निस्कर्ष राष्ट्रियसभाले बिजनेस पाउन सकेनः अध्यक्ष दाहाल उपकुलपति पोखरेलद्वारा शपथ ग्रहण पुष्पाः २ टिमले भागदौडमा ज्यान गुमाएका परिवारलाई २ करोड दिने सङ्खुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार जब कोहलीले ब्रेकफास्टपछि नेपाली शेफसँग फोटो खिचाए क्रिसमसको शुभकामनामा पनामा नहर, क्यानाडा र ग्रिनल्यान्ड अधिग्रहण गर्ने ट्रम्पको आह्वान दोहोरियो खैरहनी महोत्सवमा महको प्रवर्द्धन गरिँदै बाहिर गएका जनशक्ति फर्काउने विषयमा सम्मेलन प्रभावकारी बन्नेछः स्वास्थ्यमन्त्री स्थानीय तहका विपद् जोखिम न्युनिकरण सम्बन्धी संरचना बलियो बनाउनुपर्छः गृहमन्त्री लेखक
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचेको पाइए पसल बन्द गर्ने महानगरको चेतावनी



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बिहीवारदेखि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिवन्ध लगाएको छ ।

काठमाडौं महानगरपालिकाले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर २८ गतेदेखि काठमाडौं भित्र सुर्तिजन्य पदार्थ कच्चा सुर्ति,खैनि,गुट्टका,सुर्तिहरु प्रतिबन्ध गरिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले मंसिर २८ गतेदेखि काठमाडौं भित्र सुर्तिजन्य पदार्थ प्रतिवन्ध गरिएको बताउनु भयो । उहाँले मंसिर २८ गतेपछि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल समेत बन्द गर्ने बताउनु भयो ।

उहाँले पसलमा बेचेको पाइए दुई पटक सम्मलाई सामान जफत गरिने तर तेस्रो पटक पनि बेचेको पाए पसल नै बन्द गर्ने चेतावनी दिनुभयो । उहाँले अनुगमनको लागि महानगरपालिकाले सादा पोशाकमा १० जनाको टोलीमा नगर प्रहरीलाई खटाउने बताउनु भयो । उहाँले पहिलो चरणमा अनुगमनको लागि ५० जना नगरप्रहरी परिचालन गरिने बताउनु उल्लेख गर्नुभयो ।

उहाँले महानगरपालिकाले सार्वजनिक स्थलको एक सय मिटर वरिपरि चुरोट बेच्न र धुम्रपान गर्न पनि प्रतिवन्ध लगाएको बताउनु भयो । उहाँले सार्वजनिक स्‍थलमा धुम्रपान गरेको पाइए एक सय रुपैयाँसम्म जरिवाना गरिने बताउनु भयो । उहाँले जनस्वास्थ्यमा परेको प्रतिकुल प्रभाव रोक्न,शहरी सौन्र्दयता कायम राख्न र भूमी तथा वातावरणीय असर न्युनिकरण गर्न सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिवन्ध लगाएको बताउनु भयो ।

काठमाडौं महानगरपालिकाले मंसिर २९ शुक्रवार महानगर दिवस बनाउने भएको छ ।