२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश…
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभा निर्वाचनमा अवसर नपाएकालाई अवसर दिनुपर्छः काँग्रेस महामन्त्री थापा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीले राष्ट्रिय सभा निर्वाचनमा अवसर नपाएकालाई उम्मेदवार बनाउनुपर्ने बताउनुभएको छ ।

बुधवार संस्थापन इतर पक्षको भेला सकिएलगत्तै उहाँले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिनुभएको हो । महामन्त्री थापाले यसअघि निर्वाचन नलडेका र मौका पनि नपाएकाहरुलाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी बनाउनका लागि पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिने निर्णय गरेको पनि बताउनु भयो । त्यसका लागि एउटा मापदण्ड बनाएर जाने विषयमा पनि छलफल गरिएको उहाँको भनाई थियो । त्यसैगरी बैठकले महासमिति बैठक सार्न नहुने निष्कर्ष पनि निकालेको छ । पार्टीको महासमिति बैठक पनि समयमै गर्नुपर्ने विषयमा पनि छलफल भएको महामन्त्री थापाले बताउनु भयो । उहाँले बैठकमा सुशासनको पक्षमा जोड दिएर अघि बढ्न सरकारलाई पनि संगठित रुपमा दबाब दिन नेताहरुले जोड दिएको बताउनु भयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘यो भन्दा अगाडि १४ औं महाधिवेशन पछाडि नेपाली काँग्रेसको अहिलेको नेतृत्व आईसकेपछि स्थानीय तहको चुनाव भयो । प्रतिनिधि सभाको चुनाव भयो । राष्ट्रिय सभाको चुनाव भयो । तीन वटा चुनावको उम्मेदवारी छनौट गर्ने काम भयो । यी चुनावहरुमा उम्मेदवारी छनौट गर्ने काम गर्दाखेरी एउटा यसले कुनै मापदण्ड बनाएन । अथवा हामीले मापदण्ड अनुसार काम गर्न सकेनौं । दोस्रो चाहीँ एकदमै अन्यायपूर्ण व्यवहार भयो । पार्टी भित्रको मुख्य नेतृत्व पार्टीको सभापतिले सबैसँग न्यायपूर्ण व्यवहार गर्नुपर्ने ठाउँमा पार्टीको सभापति आफैँ एउटा समूहको संरक्षकजस्तो आफ्नो समूहमा जो छ, उसको लागि एउटा व्यवहार । जो आफ्नो समूहमा छैन । अझ महाधिवेशनमा आफूलाई मत दिएन । उसलाई हेर्ने अर्को नजर ।

सभापति भन्दा बाहेकले त्यो गर्ने बाँकी रहेकाले त्यो गर्ने कुरा त स्वभाविक भए । तर सभापतिले यस्तो गर्नुभयो । त्यसकारणले गर्दा यो पटक राष्ट्रिय सभा निर्वाचनमा दुई वटा कुरा स्पष्ट हुनुपर्छ भनेर छलफल ग¥यौं । एउटा, मापदण्ड । नेपाली काँग्रेसको तर्फबाट राष्ट्रिय सभामा जाँदैछ भने राष्ट्रिय सभाको जुन स्पिरिट छ । संविधानको जुन स्पिरिट छ । यी सबै कुराहरुको आधारमा जो साथीहरु राष्ट्रिय सभामा जान योग्य हुनुहुन्छ । अहिलेसम्म मौका पाउनुभएको छैन । जसले यो भन्दा अघिको निर्वाचनमा भाग लिनुभएको छैन । ती साथीहरु जाने कुरा एउटा । दोस्रो कुरा भनेको चाहीँ न्यायपूर्ण कुरा । यो समूहले यति पाउनुपर्छ, उति पाउनुपर्छ भन्दा पनि सभापति चाहीँ यो पटक राष्ट्रिय सभाको टिकट बाँडदै गर्दाखेरी सभापति सिंगो काँग्रेसको सभापति बन्न सक्नुहुन्छ कि हुन्न ?

सभापति सिंगो काँग्रेसको सभापति बनाउने हो । र, यसका निम्ति हाम्रो तर्फबाट प्रेरित गर्ने, दवाव दिने काम गर्नुपर्छ भनेर आज हामीले एउटा यस विषयमा छलफल गरेको हो । दोस्रो कुरा महासमिति बैठकको बारेमा छलफल भयो । महासमिति बैठक समयमै गर्नुपर्छ भन्ने त भयो नै । त्यसबाहेक महासमिति बैठकले राजनीतिक कुरामा, सांगठानिक कुराहरुमा आजको दिनमा दिशा निर्देश गर्ने कुरा के हुनसक्छ के–के छन् भन्ने बारेमा प्रारम्भिक छलफल मात्रै भएको छ । यसका बारेमा थप छलफल गर्ने भनेर हामीले सल्लाह गरेका छौं । आज हामीले छलफल गरेको तेस्रो महत्वपूर्ण विषय भनेको चाहीँ सुशासनको विषयमा हो । एकपछि अर्को काण्डहरु सार्वजनिक हुँदै आउने र अनि, अहिले हामी नेपाली काँग्रेस आफैँ सरकारमा हुने ।

हामी सरकारमा भएका बेला यस्ता काण्डहरु एकपछि अर्को ढंगले सार्वजनिक हुँदै आउने । यी विषयहरुलाई हामीले सामान्य रुपमा लिनुहुँदैन । यस विषयमा नेपाली काँग्रेस भित्र संगठित रुपमै दबाब सृजना गर्नुपर्छ भन्ने बारेमा पनि प्रारम्भिक छलफल गरेका छौं । सुशासन विषय एक पछि अर्को काण्डहरु । यी विषयकहरुका सन्दर्भमा पार्टी भित्रै कसरी लडेर जाने । यसलाई कसरी शुद्ध बनाउने । सरकारमा भएका साथीहरुले यी विषयलाई कसरी लिने ? प्रारम्भिक छलफल गरेका छौं । थप छलफल आगामी दिनमा हुन्छ ।’

महामन्त्री थापाले सरकारलाई सुशासनको पक्षमा अघि बढाउन दबाब नै दिनुपर्ने अवस्था आएको पनि बताउनु भयो ।

 




भर्खरै