७ श्रावण २०८३, बिहीबार
,
Latest
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबीच छलफल पूर्वाधार न्यायाधिकरण सम्बन्धी विधेयकलाई अन्तिम रूप दिन छलफल दक्षिणी थाइल्यान्डमा आक्रमण, पाँच सैनिकको मृत्यु सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाकामा लापरवाही: संक्रमितहरु सार्वजनिक यातायातबाट सीधै घरतिर



अ+ अ-

काठमाडौं । कञ्चनपुरको पुनर्वास नगरपालिका–४ मोती बस्तीका एक व्यक्ति आइतबार भारतको बैंगलोरबाट घर फर्किएका छन् । कैलाली र कञ्चनपुरसँग सीमा जोडिएको गौरीफन्टा नाकामा उनको एन्टिजेन परीक्षण हुँदा पाजेटिभ देखियो । तर, कोरोनाभाइरस संक्रमणको लक्षण नदेखिएको भन्दै सार्वजनिक यातायातबाट घर जान दिइयो ।

भारतबाट सँगै आएका उनका भाइको पनि रिपोर्ट पोजेटिभ देखियो । उनी केहीबेर नाकास्थित हेल्थ डेस्कबाहिर बसेर बेपत्ता भए । प्रहरी र स्वास्थ्यकर्मीले खोजी गरे पनि उनी फेला परेनन् । ‘अहिले यहीँनेर थिए । सायद घर गए होलान्,’ उनका दाजुले भने ।

सुर्खेतको लेकबेसी–४ का एक व्यक्तिको पनि एन्टिजेन परीक्षण गर्दा पोजिटिभ देखियो । ज्वरो बढी नरहेको भन्दै उनलाई पाँचवटा मास्क दिएर हेल्थ डेस्कका स्वास्थ्यकर्मीले घर पठाए । नाकाबाट अरु पनि यात्रु बसेको अटोमा चढेर उनी धनगढी बसपार्क आए । उनले सुर्खेतका लागि बसको टिकट बनाएर घरतिर लागे ।

यस्तै, अछामको मंगलसेन–१४ का एक व्यक्तिमा कोरोना पोजेटिभ देखियो । उनलाई पनि पाँचवटा मास्क दिएर घरमै आइसोलेसन बस्न भन्दै घर पठाइयो । उनी पनि नाकाबाट यात्रुले भरिएको अटो चढेर धनगढी बसपार्क पुगे । उनले अछामका लागि बसको टिकट बनाएर घर लागे । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।