१२ बैशाख २०८२, शुक्रबार
,
Latest
राजनीतिक मसला नपाएपछि प्रचण्डले सरकार ढल्ने भ्रम फैलाएः महेश बर्तौला एनएसएलको विजेताले ८० लाख पाउने हावा र सौर्य ऊर्जा क्षमता पहिलो पटक थर्मलभन्दा बढी: चीन देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरु सम्बोधन गर्न प्रतिवद्ध छुः शिक्षामन्त्री पन्त पहलगाम आक्रमणको विरोधमा दिल्लीसहित विभिन्न शहरमा प्रदर्शन आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त : अर्थमन्त्री पौडेल टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु चाडपर्व र बिदा कटौती गरेर विद्यार्थीको पठनपाठनमा परेको असरलाई भरपाई गर्ने तयारीमा शिक्षक अब १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली स्वास्थ्य बिमाको पैसा नआएपछि भरतपुर अस्पतालले हटायो २४ वटा परीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो हो ‘नर्कको ढोका’ जुन ५२ वर्षदेखि निरन्तर जलिरहेको छ



अ+ अ-

एजेन्सी । कल्पना गर्नुहोस्, यदि तपाईंलाई थाहा भयो कि संसारमा एउटा यस्तो ठाउँ छ जुन ५२ वर्षदेखि निरन्तर जलिरहेको छ । चाहेर पनि निभाउन सकिँदैन । यो रहस्य देखेर वैज्ञानिकहरु पनि अचम्ममा परेका छन् ।

मानिसहरु यो ठाउँ नजिकै जान्छन् । अहिले यो पूर्ण रुपमा पर्यटकीय गन्तव्य बनेको छ । यो ठाउँ पूरै आगोले घेरिएको छ । यति मात्र होइन, यसमा लागेको आगो कुनै पनि हालतमा निभाउन सकिँदैन । यो ठाउँलाई ‘नर्कको ढोका’ पनि भनिन्छ । यसबारे वैज्ञानिकहरु अझै अनुसन्धान गरिरहेका छन् ।

यो तुर्कमेनिस्तानको उत्तर मा स्थित छ । यो पूर्णतया मरुभूमिमा अवस्थित छ। यसलाई ‘नरकको द्वार’ भनिन्छ ।

यस खाडलमा आगो बल्ने सम्बन्धमा धेरैको आ–आफ्नै सिद्धान्तहरू छन् । कतिपयले यो गोप्य ठाउँ हो भन्ने विश्वास गर्छन् । यहाँको सरकारले संसारबाट केही लुकाउन खोजेको उनीहरु ठान्छन् । यो आगलागी प्राकृतिक ग्यासबाट भएको वैज्ञानिकहरुको अनुमान छ ।

सन् १९७१ मा सोभियत संघका भूवैज्ञानिकहरूले कच्चा तेलको भण्डार खोजिरहेका थिए । यस अवधिमा उनीहरुले प्राकृतिक ग्यासको ठूलो स्रोत फेला पारे । यहाँ उत्खननका क्रममा जमिन भासिएर ठूला–ठूला खाडल बनेका छन् ।

मिथेन लिकेजको खतरा देखेर यहाँ उपस्थित वैज्ञानिकहरूले खाल्डोमा आगो लगाएका थिए । मिथेन सकिएपछि आगो निभ्ने उनीहरुको विश्वास थियो तर त्यसो भएन । तर, अहिलेसम्म यस सिद्धान्तको बारेमा ठोस प्रमाण भने फेला परेको छैन ।