• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

चुनावमा गरेका घोषणाअनुसार काम नहुँदा जनता निराश छन्: अध्यक्ष तिमिल्सिना (भिडियोसहित)



काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलहरुले चुनावमा गरेका घोषणा र प्रतिवद्धताहरुको पूर्ण पालना नगर्दा नागरिकहरु निराश भएको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चुनावमा दलहरुले जारी गरेका घोषणापत्र र उम्मेदवारहरुले गरेको प्रतिवद्धताहरु पूरा नहुँदा नागरिकहरु राजनीतिप्रति असन्तुष्ट रहेको बताउनु भयो । उहाँले बोलेको कुरा पूरा नगर्दा समाजमा समस्या पैदा भएको बताउनु भयो । उहाँले सत्तामा हुँदा एउटा र प्रतिपक्षमँ हुँदा अर्कै कुरा बोल्ने परिपाटी अन्त्य हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चुनावमा घोषणा पत्र दलहरुले जारी गर्दछन्, उम्मेदवारहरुले विकास, समृद्धि, सुशासन, न्याय आदि इत्यादी भत माग्दा भाषण गर्ने गर्छौं । जे बोल्छाँै, त्यो गरिदिए हुन्छ । यहाँ त जे बोल्छौँ त्यो नगर्ने कुरा भएको हुँदा बिग्रिएको छ । त्यसैले हामी जे बोल्छौँ, त्यो गर्नुपर्छ । सत्तामा हुँदा एउटा कुरा हुन्छ, त्यहीँ प्रतिपक्षमा हुँदा अर्को हुन्छ । त्यो भनेको जे बोल्छौँ, त्यो नगरेर हो नि । मत माग्दा के भनेको छ, पाएर जितिसकेपछि अर्को भइदिएको छ । हामी गर्नसक्ने कुरा बोलौँ, बोलेको कुरा गरौँ ।’

अध्यक्ष तिमिल्सिनाले आम नागरिकको दैनिकिसँग जोडिने विषयवस्तुमा सरकारले विशेष ध्यान दिइ कामकारबाही गर्न आवश्यक रहेको बताउनु भयो ।