७ श्रावण २०८३, बिहीबार
,
Latest
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’ एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबीच छलफल पूर्वाधार न्यायाधिकरण सम्बन्धी विधेयकलाई अन्तिम रूप दिन छलफल दक्षिणी थाइल्यान्डमा आक्रमण, पाँच सैनिकको मृत्यु सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढुक्क ओली, सकसमा प्रचण्ड



file
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबीच त्रिपक्षीय रुपमा सहमति हुन नसक्दा प्रधानमन्त्री केपी ओली आफ्नो सत्ता टिकिरहनेमा ढुक्क देखिएका छन्। सर्वोच्चको फैसलापछि पार्टीभित्र शक्तिशाली देखिएका अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकार टिकाइ राख्नका लागि जसपालाई मात्र साथ लिने पुग्नेछ। त्यसका लागि जसपाको माग सम्बोधन गरेर आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिने रणनीतिमा प्रधानमन्त्री ओली ढुक्क रहेको ओली निकट एक नेता बताउँछन्।

उनी भन्छन्, ‘माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि प्रधानमन्त्री ओलीले सहजै रुपमा संसदबाट विश्वासको मत लिनुहुन्छ।’ नयाँ सत्ता समीकरणको प्रक्रिया अगाडि बढाउन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अनिच्छा देखाएको छ। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल निर्वाचनमा जानुपर्ने अडानलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मौन समर्थन जनाएका छन्।

प्रतिनिधिसभा पुनःस्थापित भएको एक महिना बितिसक्दासमेत एमालेबाहेकका कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बीचमा नयाँ सत्ता समीकरणका लागि साझा सहमति जुटन सकेको छैन। पछिल्ला दिनमा त तीन दलबीच संवाद नै टुटेको छ।

एमालेबाहेकको नयाँ सरकार गठनका लागि जसपा नै निर्णायक शक्ति देखिएको छ। तर, जसपाभित्र नै कसलाई समर्थन गर्ने भन्ने निर्णय लिन सकस परिरहेको छ। आफ्नै नेतृत्वमा सरकार गठन गर्ने उद्देश्यले दौडधुपमा लागेको जसपाले पछिल्ला दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संवादलाई निरन्तरता दिएको छ। तर, जसपाका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादव ओली नेतृत्वको सरकारलाई समर्थन गर्न नसकिने अडानमा रहेकाले जसपा अर्निणित बन्न पुगेको छ।

प्रधानमन्त्री ओली जसपालाई चित्तबुझ्दो गरी मन्त्रालय भागवण्डा गर्न तयार भए पनि प्रतिनिधिसभा विघटन गर्ने व्यक्तिलाई समर्थन गर्ने÷नगर्ने बहस जसपाभित्र शुरु भएको छ। नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।