• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

बाख्राले गर्यो यस्तो ‘अपराध’, नौ बाख्रा एक वर्ष जेल बसेर छुटे



एजेन्सी । हरेक देशमा अपराध गरेमा सजायको व्यवस्था छ, अदालतले सम्पूर्ण मुद्दालाई ध्यानमा राखी अपराधको आधारमा सजाय निर्धारण गर्छ ।

तर यो सजाय मानिसका लागि हो, जनावरलाई पनि सजायको व्यवस्था छ भने के हुन्छ ? यस्तै घटना बंगलादेशमा भएको छ जहाँ नौवटा बाख्रालाई एउटा अपराधमा जेल सजाय दिइएको छ र त्यो पनि एक–दुई महिनाको लागि होइन वर्षभरको लागि । यो अचम्मको घटना अहिले चर्चाको विषय बनेको छ ।

मानिसलाई अपराधको सजाय दिइन्छ भन्ने कुरा तपाइले सुन्नु भएको होला तर जनावरलाई सजाय दिने यो घटनाले तपाईलाई पनि अचम्ममा पार्नेछ । बाख्राले के गर्‍यो कि एक वर्ष जेल बस्नुपर्‍यो ?

बंगलादेशको यो घटनाले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार बंगलादेशको बारिशाल सहरको एउटा चिहानमा घाँस र रुखको पात खाएकोमा नौ बाख्रालाई सजाय सुनाइएको छ । उनीहरु एक वर्ष जेलमा बिताएपछि नोभेम्बर २४ मा रिहा भएका थिए ।

बरिशाल महानगरपालिकाका नवनिर्वाचित मेयर अबुल खैर अब्दुल्लाको निर्देशनमा ती बाख्रालाई छाडिएको हो ।

यी बाख्राहरूलाई गत वर्ष डिसेम्बर ६ मा सहरको चिहानमा घाँस र रुखको पात खाएको आरोपमा पक्राउ गरी झण्डै एक वर्षसम्म बन्दी बनाएर राखिएको थियो । जेलबाट छुटेपछि बाख्रालाई मालिकलाई हस्तान्तरण गर्दा हाल बीसीसीका प्रशासकीय अधिकृत आलमगीर हुसेन र सडक निरीक्षक रियाजुल करीम र इमरान हुसेन खान उपस्थित थिए ।

कुनै अपराधमा जनावरलाई जेलमा परेको यो पहिलो घटना होइन । मिडिया रिपोर्टका अनुसार यसअघि अमेरिकाको मिशिगन प्रहरीले एक कुकुरलाई पक्राउ गरेको थियो । कुकुरलाई आफ्नो अफिसरको खाना चोरेको आरोप लगाइएको थियो । कुकुरले अनुसन्धानमा सहयोग नगरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।