१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले युवा कविता प्रतियोगिता आयोजना गर्ने

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले युवा कविता प्रतियोगिता आयोजना गर्ने
अ अ+ अ-

काठमाडौं । राप्रपाले पुष २७ गते पृथ्वी जयन्तीको अवसरमा पृथ्वी नारायण शाह, राष्ट्रिय एकता र देशभक्तिसंग सम्बन्धित विषयमा युवा कविता प्रतियोगिता आयोजना गर्ने भएको छ।

प्रतियोगिता आउॅदो पुस २७ गते सम्ममा ४० वर्ष ननाघेका युवाहरूमा मात्र सिमित रहने छ। प्रतियोगीहरूले कवितासँगै आफ्नो नागरिकताको फोटोकपी पठाउनु पर्नेछ। कविता पुसको १५ गते भित्रमा rppcenter48@gmail.com इमेल गरेर वा ९८५१३४७४०५ मा WhatsApp गरेर पठाउन सकिने प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यसका साथै काठमाडौँ धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा आएर पनि कविता बुझाउन सकिने श्रेष्ठले जानकारी दिनुभयो ।उहाँका अनुसार कविता ५०० शब्दमा सिमित हुनु पर्नेछ। प्रतियोगितामा प्रथम हुने कविलाई रू एक लाख, द्वितीय हुनेलाई रू ५० हजार, तृतीय हुनेलाई रू २५ हजार तथा अन्य तीनजनालाई रू १०/१० हजारको सान्त्वना पुरस्कार प्रदान गरिनेछ। पुरस्कृत कविताहरू पुस २७ गते भृकुटीमण्डपमा हुने विशेष समारोहमा स्वयं कविहरूले वाचन गर्नेछन्।

प्राप्त कविताहरू तीनजना प्रतिष्ठित कविहरूले स्वतन्त्र र वस्तुपरक रूपमा मुल्याङ्कन गर्नेछन्। मुल्यांकन समितिका सदस्यहरूको नाम पुस २७ गते नै जानकारी गराइनेछ। उपरोक्त उमेर समूहका स्वदेश तथा विदेशमा रहनुभएका इच्छुक कविहरुलाई प्रतियोगितामा सहभागी हुन राप्रपा खुल्ला आह्वान गरेकाे श्रेष्ठले जानकारी दिनुभयो ।