• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

संसद सचिवालयको कावा महासचिवको जिम्मेवारी पाण्डेलाई



काठमाडौं । संघिय संसद प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयलाई महासचिवको जिम्मेवारी दिईएको छ ।

सभामुख देवराज घिमिरेले पाण्डेयलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिएका हुन् । प्रशासनिक नेतृत्वको अभावमा संसद दिवसलगायत संघीय संसदका कामकारबाही प्रभावित भएकोले सभामुखले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनासँगको परामर्शमा पाण्डेयलाई जिम्मेवारी दिईएको सचिवालयले जनाएको छ ।

महासचिव डा. भरतराज गौतमले राजीनामा दिएपछि सभामुख घिमिरे र राष्ट्रियसभाका अध्यक्षले राष्ट्रपतिसमक्ष पाण्डेयलाई नियुक्तिको सिफारिस गरेका थिए ।