१२ असार २०८३, शुक्रबार
,
Latest
इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज जापान र स्विडेनबीचकाे खेल बराबरी मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको यात्रा: आज खोटाङबाट भोजपुर प्रस्थान गर्दै



अ+ अ-

काठमाडौँ । नेकपा एमालेको जारी मध्य पहाडी राजमार्ग केन्द्रित समृद्धिका लागि सङ्कल्प यात्रा आज खोटाङको दिक्तेलबाट भोजपुरका लागि प्रस्थान गर्दैछ ।

पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार मध्य पहाडी यात्राको १४औँ दिनको आजको यात्रा ८४ किलोमिटरको हुनेछ । जसमा चखेवा अन्नपूर्ण लगायतका ठाउँहरूमा जनतासँग भेटघाट तथा अन्तरक्रिया गर्ने, बिहानको खाना भोजपुरमा खाने र साँझ बास पनि भोजपुरमै बस्ने तयारी छ ।

यात्राको क्रममा मङ्गलवार मन्थलीबाट टोली घुर्मी हुँदै साँझ बास बस्नका लागि दिक्तेल पुगेको थियो । १९ दिने यात्राको सबैभन्दा छोटो दुरी मङ्गलवारको यात्रा ६६ किलोमिटर मात्र रहेको थियो । सबैभन्दा लामो दुरी यात्राको छैटौँ दिन सुर्खेतबाट रुकुमकोट पुग्दाको थियो । सो दिन १९२ किलोमिटर दुरी यात्रा टोलीले पार गरेको थियो ।

सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने नारासहित एमालेले मध्य पहाडका जनतासँग साक्षात्कार, गर्ने त्यहाँको जनजीवनका विविध पाटाहरूसँग छलफल गर्ने , विकास निर्माण र हाल भइरहेका समस्याहरूको पहिचान गरी समाधानका उपाय पहिल्याउने उद्देश्यले यात्रा आयोजना गरिएको एमालेले जनाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको यात्रामा पार्टीका नेताहरू सहभागी हुनुहुन्छ। यही मङ्सिर १४ गते बैतडीबाट सुरु भएको यात्रा पुस १ गते पाँचथरमा पुगेर सकिँदै छ ।