२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुपर लिग फुटबलमा झापाको पहिलो जित



अ+ अ-

काठमाडौँ । जोेर्गे सान्चेजको गोलमा झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।

दशरथ रङ्गशालामा आज भएको खेलमा झापाले आफ्नो पाँचौँ खेलमा एएफसी बुटवल लुम्बिनीलाई १–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।

सान्चेजले खेलको पहिलो हाफको ३९ औँ मिनेटमा गरेको एक गोल नै झापाका लागि निर्णायक गोल सावित भयो । अन्जन विष्टको पासमा सान्चेजले गोल गरेका हुन् । यो जितसँगै झापाले पाँच अङ्क जोडेको छ । यसअघि भएका चार खेलमा झापाले तीन बराबरी तथा एक खेलमा हार ब्यहोरेको थियो । त्यस्तै प्रतियोगितामा ६ खेल खेलेको बुटवलको ७ अङ्क बटुलेको छ । रासस