२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिले सरकार सञ्चालन गर्नेहरुले गरेको गल्ती ढिलो,चाँडो कानूनी दायरामा आउँछ: मन्त्री शर्मा



file photo
अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सञ्चालन गर्नेहरुले गरेको गल्ती ढिलो, चाँडो कानूनी दायरामा आउने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले सरकार सञ्चालन गर्नेहरुले गरेको गल्ती कमजोरी ढिलो चाँडो कानूनी दायरामा आउने बताउनुभएको हो । उहाँले गणतन्त्रमा कानून भन्दा माथि कोही पनि हुन नसक्ने बताउनु भयो । उहाँले गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई नरहेको बताउनु भयो । उहाँले गणतन्त्रलाई स्थापित गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हिजो निरंकुश राजतन्त्र थियो । तर हिजो कसैले गल्ती कमजोरी गर्दा त्यो गल्ती कमजोरी कुनै कानूनको आकर्षण बन्न सक्दैन थियो । कुनै कानून आकर्षित हुन सक्दैन थियो । उनीहरुमाथि कुनैपनि कारबाहीको कुरा हुन सक्दैन थियो । तर आज हामी यो परिवर्तित व्यवस्थामा छौँ । संघीय लोकतान्त्रिक गणतन्त्रमामा छौँ । त्यसकारणले अहिले सरकार सञ्चालन गर्नेहरुले गरेको गल्ती कमजोरी ढिलो चाँडो कानूनी दायरामा आउँछ । यो व्यवस्थामा यो गणतन्त्रमा संविधान भन्दा माथि कानून भन्दा माथि निगरानी भन्दा माथि कोही पनि हुन सक्दैन । गल्ती गर्ने छुट गणतन्त्रमा छैन । यसलाई स्थापित गर्न आवश्यक छ ।’

सञ्चारमाध्यमले सुदृढिकरणका लागि नेतृत्वबाट हुने कमी कमजोरीको भारी व्यवस्थालाई बोकाउनु नहुने बताउनु भयो ।