• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   लमजुङ पहिरो अपडेट: बेपत्ता वृद्धको शव भेटियो ★   ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते ★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार

यी हुन् २५ वर्षमा गुगलमा सबैभन्दा धेरै खोजिएका खेलाडी



एजेन्सी । सर्च इन्जिन गुगलले आफ्नो २५ वर्षको इतिहासमा सबैभन्दा धेरै खोजिएका विषयको सूची सार्वजनिक गरेको छ ।

जब यो सूचीमा सबैभन्दा धेरै खोजिने खेलाडीहरूको कुरा आउँछ रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडका पूर्व लिजेण्ड तथा पोर्चुगल फुटबल टिमका वर्तमान कप्तान क्रिस्टियानो रोनाल्डो यो सूचीको शीर्ष स्थानमा छन् ।

३८ वर्षको उमेरमा पनि यी फुटबलरले साउदी अरेबियाको क्लब अल नासरका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । रोनाल्डोले यस सूचीको शीर्ष स्थानमा केही उत्कृष्ट खेलाडीहरूलाई पछि पारेका छन् । जसमा लियोनेल मेसी, रोजर फेडेरर, राफेल नाडाल र जोकोभिच जस्ता नाम सामेल छन् ।

रोनाल्डो र मेसीलाई उनीहरूको पुस्ताका उत्कृष्ट खेलाडीहरू मध्ये एक मानिन्छ र लगभग १५ वर्षदेखि उनीहरूले खेलमा प्रभुत्व जमाउँदै आएका छन् । जब सबैभन्दा धेरै खोजिएको खेलको कुरा आउँछ, ‘फुटबल’ शीर्षमा छ ।

अर्कोतर्फ क्रिकेट जगतमा विराट कोहलीको नाम कुनै परिचयको आवश्यकता छैन । क्रिकेटरमध्ये कोहलीको नाम शीर्षमा छ । अर्थात्, जबदेखि गुगल अस्तित्वमा आएको छ, धेरै महान क्रिकेटरहरूले संसारमा तरंग मच्चाएका छन् । यस लिस्टमा सचिन तेन्दुलकर, शेन वार्न, मुथैया मुरलीधरन, रिकी पोन्टिङ, एमएस धोनी, रोहित शर्मा लगायतका धेरै खेलाडी छन् ।

कोहली पनि मेसीभन्दा रोनाल्डोका फ्यान हुन् । पूर्व भारतीय कप्तानले आफ्ना यसअघिका धेरै अन्तर्वार्तामा आफू पोर्चुगिज फुटबलरको फिटनेसबाट प्रभावित भएको बताएका छन् ।