• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य ★   प्रधानमन्त्री दाहाल सत्ताका लागि जे गर्न पनि तयार हुनुुहुन्छ: डा. बाबुराम भट्टराई ★   नेपालविरुद्ध जोनसनको आक्रामक शतक ★   श्रमिकका समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधारका लागि श्रमाधान सेवा शुभारम्भ ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई दोस्रो सफलता ★   ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका ★   वेस्ट इन्डिज ‘ए’ को आक्रामक ब्याटिङ ★   वेस्ट इन्डिज ‘ए’ को १०० रन पूरा ★   विश्व मजदुर दिवस: घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर ★   उप निर्वाचनले एमालेको लोकप्रियता प्रमाणित गरेको छ: ज्ञवाली

काठमाडौँ महानगर र सङ्घको सहकार्यमा प्रशिक्षक प्रशिक्षण सुरु



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बागमती प्रदेश क्रिकेट सङ्घको सहकार्यमा क्रिकेट खेल प्रशिक्षक प्रशिक्षण सुरु गरेको छ ।

गत भदौ २९ गते महानगर र सङ्घबीच भएको सम्झौताअनुसार सोमबारदेखि सुरु भएको प्रशिक्षणमा सामुदायिक विद्यालयका माध्यमिक तहका खेल शिक्षक र प्रतिनिधिलाई प्रशिक्षणमा सहभागी गराइएको महानगरका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिनुभयो । प्रशिक्षणमा ५० जना क्रिकेट प्रशिक्षकलाई तालिम दिइ उहाँहरूमार्फत खेलाडीलाई सीप सिकाउनु उद्देश्य रहेको महानगरको भनाइ छ ।

“प्रशिक्षणमा सैद्धान्तिक कक्षासहित एम्बेसी पार्कमा प्रयोगात्मक प्रशिक्षण हुनेछ । साथै सैद्धान्तिक कक्षामा प्रशिक्षकको भूमिका, शारीरिक तन्दुरुस्ती, निर्णायक, ब्याटिङ, बलिङ, विकेट किपिङबारे जानकारी दिइनेछ”, आचार्यले भन्नुभयो ।

उहाँहरुलाई राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक अनिल अधिकारी, क्रिकेट प्रशिक्षक ९लेभल–३० राजु बस्नेत, लेभल–२ का प्रशिक्षकहरु कलाम अली, मनोज कटुवाल, रिकेश लामा, सुजन महर्जन, निर्णायक विनय झालगायतले प्रशिक्षण दिनुहुनेछ ।

प्रशिक्षणसँगै सङ्घले वडा स्तरमा ‘क्रिकेट नेट’ राख्न प्राविधिक सहयोग उपलब्ध गराउनेछ । यो काम तीन महिनाभित्र सम्पन्न हुनेछ । यसका लागि महानगरले रु १० लाख उपलब्ध गराउने छ । यसरी उपलब्ध गराइने रकम काम थालनी भएपछि ४० प्रतिशत र बाँकी प्रगतिका आधारमा उपलब्ध गराइनेछ ।

अनुगमन तथा मूल्याङ्कन समिति वा खटाइएका कर्मचारीले सम्पादित कार्यको समय(समयमा अनुगमन तथा मूल्याङ्कन गर्ने व्यवस्था गरिएको छ ।

चालु आर्थिक वर्षमा महानगरले एक टोल एक खेलकुद पूर्वाधार निर्माण तथा समग्र खेलकुद क्षेत्र विकासका लागि स्वर्णिम योजनासहितको कार्यक्रम सञ्चालन गर्नका लागि रु १० करोड ५० लाख रकम विनियोजन गरेको छ ।

त्यस्तै एक वडा एक नमूना उद्यान कार्यक्रम सञ्चालन गर्नका लागि रु एक करोड रकम विनियोजन गरेको छ । महानगरले चालु आर्थिक वर्षमा विशेष महत्वका साथ दशवटा विषयगत क्षेत्रका गौरवका योजना छनोट गरेको छ । त्यसका लागि रु तीन अर्ब ८० करोड र २५ स्वर्णिम योजनाका लागि रु दुई अर्ब रकम विनियोजन गरिएको छ । रासस