२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाईलाई अंकमाल गर्न शूल्क तिरेरै लाइनमा बस्छन् मान्छेहरु



अ+ अ-

एजेन्सी । अमेरिकामा अहिले एक अभियानै चलेको छ । जुन सुन्दा निकै रोचक लाग्न सक्दछ । ‘गाईलाई अंकमाल गरौँ’ भन्ने अभियानमा मानिसहरुले सक्रियता जनाउँदै आएका छन् ।

यो अभियानमा सामेल हुनेको संख्या अहिले बढ्दो रूपमा छ । यस्तो अभियान न्युयोर्कको माउन्टेन हाउस फार्मले चलाइरहेको छ । तर, गाईसँग अंकमाल गर्न त्यसै पाइँदैन । त्यसका लागि पैसा खर्च गर्नुपर्दछ । निकै मोटो रकम खर्चेर मानिस अहिले गाईसँग अंकमाल गरिरहेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो अभियानमा सामेल भएर गाईलाई अंकमाल गर्नेले ९० मिनेट समय बिताउन पाउँदछन् । त्यसका लागि उनीहरूले ३ सय डलर तिर्नुपर्छ । आखिर मानिसले यति धेरै पैसा खर्चेर किन गाईसँग अंकमाल गरेका त ?

एक अनुसन्धानका अनुसार मानिसले गाईलाई अंकमाल गर्दा ‘रिल्याक्स’ हुन्छन् । उनीहरूले गाईको हेरचाह र सुरक्षामा मानिसको ध्यान जाओस् भनेर पनि यसो गरेको बताइएको छ । धेरैलाई थाहा नहुन सक्छ कि, गाईसँगको अंकमालबाट मानिसको स्वास्थ्यलाई फाइदा पुग्छ भन्ने कुरा वैज्ञानिकले पनि प्रमाणित गरिसकेका छन् ।

वैज्ञानिकका अनुसार मानिसको शरीरको तापक्रमभन्दा गाईको तापक्रम निकै बढी हुन्छ । त्यसैगरी, मानिसको मुटुको धड्कन जति तीव्र हुन्छ, त्यो भन्दा निकै बढी गाईको मुटुको धड्कन तीव्र हुन्छ ।