१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाद्वारा राजनीतिक र केन्द्रीय समितिको बैठक आह्वान



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले पार्टीको राजनीतिक समिति र केन्द्रीय समितिको बैठक बोलाएको छ । सोमबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आगामी पुस २५ र २६ गते राजनीतिक समिति र पुस २७ गते केन्द्रीय समितिको बैठक गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले राष्ट्रियसभाको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छनोट गर्न आगामी पुस १० गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने निर्णय गरेको छ ।

बैठकले पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवं संगठन विभाग प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठको नेतृत्वमा सातै प्रदेश समितिका इन्चार्ज सदस्य रहने गरी आठ सदस्यीय कार्यदल गठन गरेको छ ।

उक्त कार्यदलले पार्टीको केन्द्रीय नेताहरुको जिम्मेबारी बाँडफाँटका लागि प्रस्ताव तयार पार्ने बताइएको छ ।

बैठकले केन्द्रीय कार्यालय सचिवमा पेशल ढकाललाई चयन गरेको छ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि निर्धारित समयमै दल दर्ता गर्ने समेत बैठकले निर्णय गरेको छ ।

पार्टीले यसबीच सञ्चालन गरेको प्रदेशस्तरीय प्रशिक्षण अभियान प्रभावकारी रहेको बैठकको निष्कर्ष छ । यसैगरी एनसेल खरिदबिक्री प्रक्रिया रोकेर उक्त घटनाको छानबिन गर्न र दोषीमाथि कारबाही गर्न पार्टीले सरकारसमक्ष आग्रह गरेको छ ।

चुरे उत्खनन तथा गिट्टी बालुवा निकासी पैठारीसम्बन्धी सरकारले तयार पारेको विधेयक तत्काल फिर्ता लिनसमेत पार्टीले सरकारलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकले पार्टीले सञ्चालन गरेको तीन महिने संगठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षासमेत गरेको छ । उक्त अभियानलाई पुस मसान्तसम्म निरन्तरता दिने निर्णय भएको छ ।