२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर महानगरपालिका कार्यालय अगाडि अभियन्ता ईः १०८ मिनेट उभिने



फाईल फोटो
अ+ अ-

काठमाडौं । फुटपाथ पसल हटाउने ललितपुर महानगरपालिकाको निर्णयविरुद्ध अभियन्ता ईः (इशान अधिकारी) ले विरोध जनाउने हुनुभएको छ ।

उहाँले आज महानगरपालिका कार्यालय अगाडि १०८ मिनेट उभिएर विरोध जनाउन लाग्नुभएको हो । यसअघि पनि उहाँले उभिएर विरोध जनाइसक्नुभएको छ । काठमाडौँ महानगरपालिकाले फुटपाथबाट व्यापारीहरुलाई हटाएको विरोधमा उहाँले राष्ट्रिय सभागृह अगाडि १९९ घण्टासम्म उभिएर विरोध जनाउनुभएको थियो ।

त्यतिबेला महानगरपालिका र ईः बीच फुटपाथ पसललाई व्यवस्थित गर्ने लगायतका चार बुँदामा सहमति भएको थियो । ललितपुर महानगरपालिकाले पनि विकल्पविना फुटपाथका व्यापारीहरुलाई हटाउने निर्णय गरेको छ । त्यसैले ईःले फेरि उभिएर विरोध जनाउन लाग्नुभएको हो । आज दिउँसो ३ बजेदेखि ललितपुर महानगरपालिका कार्यालय अगाडि उभिएर विरोध जनाउने उहाँले जानकारी दिनुभएको छन् ।