५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर महानगरपालिका कार्यालय अगाडि अभियन्ता ईः १०८ मिनेट उभिने



फाईल फोटो
अ+ अ-

काठमाडौं । फुटपाथ पसल हटाउने ललितपुर महानगरपालिकाको निर्णयविरुद्ध अभियन्ता ईः (इशान अधिकारी) ले विरोध जनाउने हुनुभएको छ ।

उहाँले आज महानगरपालिका कार्यालय अगाडि १०८ मिनेट उभिएर विरोध जनाउन लाग्नुभएको हो । यसअघि पनि उहाँले उभिएर विरोध जनाइसक्नुभएको छ । काठमाडौँ महानगरपालिकाले फुटपाथबाट व्यापारीहरुलाई हटाएको विरोधमा उहाँले राष्ट्रिय सभागृह अगाडि १९९ घण्टासम्म उभिएर विरोध जनाउनुभएको थियो ।

त्यतिबेला महानगरपालिका र ईः बीच फुटपाथ पसललाई व्यवस्थित गर्ने लगायतका चार बुँदामा सहमति भएको थियो । ललितपुर महानगरपालिकाले पनि विकल्पविना फुटपाथका व्यापारीहरुलाई हटाउने निर्णय गरेको छ । त्यसैले ईःले फेरि उभिएर विरोध जनाउन लाग्नुभएको हो । आज दिउँसो ३ बजेदेखि ललितपुर महानगरपालिका कार्यालय अगाडि उभिएर विरोध जनाउने उहाँले जानकारी दिनुभएको छन् ।