• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला ★   प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरूद्द भ्रष्टाचार मुद्दा दायर

उनन्चालिसौँ सार्क बडापत्र दिवस मनाइयो



काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को ३९औँ बडापत्र दिवस सोमबार यहाँ विशेष समारोह गरी मनाइएको छ । समारोहमा स्वागत गर्दै सार्कका महासचिव गोलाम सरवारले दक्षिण एसियाका जनताको हितलाई प्रवद्र्धन गर्न र यस क्षेत्रको सामाजिक प्रगति र आर्थिक विकासमार्फत उनीहरूको जीवनस्तरमा सुधार ल्याउन सार्कको स्थापना भएको बताउनुभयो ।

सार्कको १५औँ महासचिवका रूपमा हालै पदभार ग्रहण गर्नुभएका सरवारले सार्कले दक्षिण एसियाका जनताको साझा चुनौती, चासो र आकाङ्क्षा र सदस्य राष्ट्रहरूबीचको संयुक्त कार्य र वृद्धि सहयोगको आवश्यकतालाई पूर्णरूपमा मान्यता दिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “सार्क मूलत: जनता केन्द्रित संस्था हो, जुन आफ्ना जनताको जीवनस्तर सुधार्नका लागि सिर्जना गरिएको हो । सार्कले क्षेत्रीय सहयोगका लागि धेरै महत्वपूर्ण क्षेत्रमा ध्यान केन्द्रित गरेको छ । दक्षिण एसिया क्षेत्रमा शान्ति, प्रगति र समृद्धिका लागि प्रयास जारी राख्न सार्क प्रतिबद्ध छ ।”

आफ्नो स्थापनाकालदेखि नै सार्कले गरिबी निवारणलगायत प्राथमिकताका क्षेत्रमा क्षेत्रीय सहयोगलाई प्रवद्र्धन गर्न निरन्तर प्रगति गरेको उल्लेख गर्दै महासचिव सरवारले सार्कले दक्षिण एसियामा दिगो शान्ति, प्रगति र समृद्धि हासिल गर्न क्षेत्रीय सहयोग र संलग्नताको प्रचुर सम्भावना प्रदान गरेको बताउनुभयो ।

उहाँले दिवसका अवसरमा विशेष सन्देश जारी गर्नुभएकामा बङ्गलादेश, भूटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काका राष्ट्राध्यक्ष/सरकार प्रमुखप्रति कृतज्ञता व्यक्त गर्नुभयो । आफ्ना सन्देशहरूमा सार्कका राष्ट्राध्यक्ष/सरकार प्रमुखहरूले सार्कको बडापत्रका उद्देश्यहरूलाई पूर्णरूपमा साकार पार्न, एकता कायम राख्न र सहयोगलाई थप सुदृढ पार्ने दृढ सङ्कल्प र दृढ प्रतिबद्धता दोहोर्‍याउनुभएको थियो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव उपस्थित हुनुहुन्थ्यो । यसैगरी समारोहमा सभामुख, उपसभामुख, मन्त्री, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, नेपालस्थित विभिन्न मुलुकका राजदूत, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, सञ्चारकर्मीलगायतको उपस्थित थियो ।

बङ्गलादेशको ढाकामा भएको पहिलो शिखर सम्मेलनमा दक्षिण एसियाली क्षेत्रका राष्ट्रप्रमुख/सरकार प्रमुखहरूले सन् १९८५ डिसेम्बर ८ मा आफ्नो बडापत्रलाई अनुमोदन गरेर सार्कको सुरुआत गर्नुभएको थियो । सार्क विश्व जनसङ्ख्याको एक चौथाइभन्दा बढी प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो क्षेत्रीय सङ्गठन हो ।

यसको बडापत्रमा उल्लेख भएअनुसार सार्कको प्राथमिक उद्देश्य यस क्षेत्रमा तीव्र सामाजिक प्रगति र आर्थिक विकासमार्फत जनताको हितलाई प्रवद्र्धन गर्नु र उनीहरूको जीवनस्तरमा सुधार ल्याउनु हो । सार्कमा अफगानिस्तान, बङ्गलादेश, भूटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का सदस्य छन् । सार्कको सचिवालय काठमाडौँमा छ । रासस