१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

उनन्चालिसौँ सार्क बडापत्र दिवस मनाइयो

उनन्चालिसौँ सार्क बडापत्र दिवस मनाइयो
अ अ+ अ-

काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को ३९औँ बडापत्र दिवस सोमबार यहाँ विशेष समारोह गरी मनाइएको छ । समारोहमा स्वागत गर्दै सार्कका महासचिव गोलाम सरवारले दक्षिण एसियाका जनताको हितलाई प्रवद्र्धन गर्न र यस क्षेत्रको सामाजिक प्रगति र आर्थिक विकासमार्फत उनीहरूको जीवनस्तरमा सुधार ल्याउन सार्कको स्थापना भएको बताउनुभयो ।

सार्कको १५औँ महासचिवका रूपमा हालै पदभार ग्रहण गर्नुभएका सरवारले सार्कले दक्षिण एसियाका जनताको साझा चुनौती, चासो र आकाङ्क्षा र सदस्य राष्ट्रहरूबीचको संयुक्त कार्य र वृद्धि सहयोगको आवश्यकतालाई पूर्णरूपमा मान्यता दिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “सार्क मूलत: जनता केन्द्रित संस्था हो, जुन आफ्ना जनताको जीवनस्तर सुधार्नका लागि सिर्जना गरिएको हो । सार्कले क्षेत्रीय सहयोगका लागि धेरै महत्वपूर्ण क्षेत्रमा ध्यान केन्द्रित गरेको छ । दक्षिण एसिया क्षेत्रमा शान्ति, प्रगति र समृद्धिका लागि प्रयास जारी राख्न सार्क प्रतिबद्ध छ ।”

आफ्नो स्थापनाकालदेखि नै सार्कले गरिबी निवारणलगायत प्राथमिकताका क्षेत्रमा क्षेत्रीय सहयोगलाई प्रवद्र्धन गर्न निरन्तर प्रगति गरेको उल्लेख गर्दै महासचिव सरवारले सार्कले दक्षिण एसियामा दिगो शान्ति, प्रगति र समृद्धि हासिल गर्न क्षेत्रीय सहयोग र संलग्नताको प्रचुर सम्भावना प्रदान गरेको बताउनुभयो ।

उहाँले दिवसका अवसरमा विशेष सन्देश जारी गर्नुभएकामा बङ्गलादेश, भूटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काका राष्ट्राध्यक्ष/सरकार प्रमुखप्रति कृतज्ञता व्यक्त गर्नुभयो । आफ्ना सन्देशहरूमा सार्कका राष्ट्राध्यक्ष/सरकार प्रमुखहरूले सार्कको बडापत्रका उद्देश्यहरूलाई पूर्णरूपमा साकार पार्न, एकता कायम राख्न र सहयोगलाई थप सुदृढ पार्ने दृढ सङ्कल्प र दृढ प्रतिबद्धता दोहोर्‍याउनुभएको थियो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव उपस्थित हुनुहुन्थ्यो । यसैगरी समारोहमा सभामुख, उपसभामुख, मन्त्री, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, नेपालस्थित विभिन्न मुलुकका राजदूत, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, सञ्चारकर्मीलगायतको उपस्थित थियो ।

बङ्गलादेशको ढाकामा भएको पहिलो शिखर सम्मेलनमा दक्षिण एसियाली क्षेत्रका राष्ट्रप्रमुख/सरकार प्रमुखहरूले सन् १९८५ डिसेम्बर ८ मा आफ्नो बडापत्रलाई अनुमोदन गरेर सार्कको सुरुआत गर्नुभएको थियो । सार्क विश्व जनसङ्ख्याको एक चौथाइभन्दा बढी प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो क्षेत्रीय सङ्गठन हो ।

यसको बडापत्रमा उल्लेख भएअनुसार सार्कको प्राथमिक उद्देश्य यस क्षेत्रमा तीव्र सामाजिक प्रगति र आर्थिक विकासमार्फत जनताको हितलाई प्रवद्र्धन गर्नु र उनीहरूको जीवनस्तरमा सुधार ल्याउनु हो । सार्कमा अफगानिस्तान, बङ्गलादेश, भूटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का सदस्य छन् । सार्कको सचिवालय काठमाडौँमा छ । रासस