५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदलाई सर्वोच्च विधायकी संस्थाको रुपमा प्रभावकारी बनाउनुपर्छ: सभामुख घिमिरे



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले संघीय संसदलाई सर्वोच्च विधायकी संस्थाको रुपमा प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।

सोमवार संघीय संसद सचिवालयले आयोजना गरेको संसद सेवाको प्रभावकारिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले संसदलाई सर्वोच्च विधायकी संस्थाको रुपमा प्रभावकारी बनाउनुपर्ने बताउनुभएको हो ।

उहाँले संसद सर्वोच्च विधायकी संस्था भएको उल्लेख गर्दै विधायकी संस्थालाई सर्वोच्च बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले संसदलाई प्रभावकारी बनाउनुपर्ने बताउनु भयो । उहाँले संसदलाई प्रभावकारी बनाउनका लागि सबैको भुमिका हुने भन्दै आ–आफ्नो ठाउँबाट भुमिका खेल्न आग्रह पनि गर्नुभयो । सभामुख घिमिरेले संसद सेवालाई प्रभावकारी बनाउन अध्ययन, अवलोकन भ्रमण, अनुभव आदानप्रदान लगायतका सेवा, सुविधा दिनुपर्ने उल्लेख गर्दै यसको निम्ति आफुले भुमिका खेल्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘एउटा कुरा निश्चयपनि सर्वोच्च विधायकी संस्था हो संसद । मेरो चासो के हो भने यो सर्वोच्च विधायकी संस्था सर्वोच्च रुपमा छ कि छैन अहिले ? यसलाई सर्वोच्च रुपमा छ, अझ सर्वोच्च बनाउने, प्रभावकारी बनाउने के हो त्यो गर्नुपर्छ । छैन, त्यो बनाउनको लागि के गर्नुपर्छ ? यो बहस अन्तरक्रियाको शुरुवात हो । यसको निष्कर्षमा पुर्‍याउन सबैको जिम्मेवारी आ–आफ्नो ठाउँमा छ । म सभामुखको हैसियतले यसलाई कसरी पार्न सकिन्छ, त्यो दिशामा जानुपर्छ र जाउँ भन्नका लागि अपील गर्दछु । यसलाई प्रभावकारी पार्ने के हो भन्ने कुरा । संसद सेवा छुट्टै भइसकेपछि प्रभावकारी भएन । कमजोर हुँदै गयो भन्ने कुरा तपाई, हामीले अनुभुत गरेका छौँ ।’

‘यसको विशेषज्ञता छुट्टै हुनुपर्छ । बाहिरबाट यहाँ आउनु हुँदैन र यहाँबाट पनि बाहिर त्यसरी जाँदाखेरी यसको गुण कमजोर हुन्छ । विज्ञता, अनुभव कमजोर हुन्छ र यसलाई बलियो बनाउनुपर्छ भन्ने मान्यतामा आधारित भएर यो गरियो तर तदनुकुल व्यवहार हुन सकिरहेको छैन । विज्ञता हासिल गर्नका लागि दिनुपर्ने सुविधा, सेवाको अभावलाई परिपूर्ति कसरी गर्ने ? र यहाँ रहेकाहरुले सेवाको लागि मात्रै आउने हो कि मैले विज्ञता देशको लागि दिन्छु । गरिमामय संसद बनाउनका लागि मैले आफ्नो ठाउँबाट भुमिका निर्वाह गर्छु भनेर मेहनत गर्ने हो ? यो पनि प्रश्न छ । संसदीय सेवालाई प्रभावकारी बनाउन अध्ययनको सुविधा, अवलोकन भ्रमण, अनुभव आदानप्रदानको कुरा । अझ बढी सुविधा दिने, सक्षम, योग्य र इमान्दार बनाउने कुरामा मैले आफ्नो ठाउँबाट खेल्ने भुमिका म जहिल्यै खेल्न तयार छु ।’

सभामुख घिमिरेले सार्वजनिक संस्थाहरुमा सक्षम मान्छेको नेतृत्वले पनि संस्थालाई परिणाम दिन नसक्ने गरेको भन्दै उहाँले संस्थागत रुपले लान नसक्दा समस्या देखापर्ने गरेका बताउनु भयो । उहाँले समस्या समाधानका लागि खुलस्त छलफल, अनुगमन, मुल्यांकन गर्दै कार्यसम्पादन गरे परिणाम निकाल्न सकिने बताउनु भयो । उहाँले संसद सेवाका कर्मचारीहरुलाई जिम्मेवारपूर्वक काममा घट्न आग्रह पनि गर्नुभयो ।