१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

तोसिमाको गुनासो: बिहे पार्टीमा बोलायो कैले आउँदिन सार्है ठूली भई नभन्नुहोला है !



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सासंद तोसिमा कार्कीले सामाजिक तथा धार्मिक कार्यमा सहभागी हुन नपाएकोमा मतदाता समक्ष माफी माग्नु भएको छ ।

कार्की बिहा पार्टी व्रतबन्धहरूमा पुग्न नसकेकामा पक्कै पनि यो हामीले जिताएको तोसिमा छोरी जनताको काममै समय खर्चिरहेकी होलिन् भनी बुझिदिनुहोला भन्दै आग्रह गर्नुभएको छ ।

उहाँले सामाजिक संञ्जालमा लेख्नुभएको छ-

मंसिरको महिना धेरैले बिहेहरूमा निम्तो गरिरहनुभएको छ तर लगभग कुनैमा पनि पुग्न सकेको छैन । म निर्वाचित भएदेखि आजसम्म धेरै बिहे व्रतबन्ध र भोजका निमन्त्रणाहरू आएता पनि अधिकांशमा म उपस्थित हुन सकि ।्र कृपया मन नदुखाउनुहोला । मेरो शुभकामना आशिर्वाद शुभेक्षा सधैँ तपाइहरूसँग छँदैछ ।

बिहा पार्टी व्रतबन्धहरूमा पुग्न नसकेकामा पक्कै पनि यो हामीले जिताएको तोसिमा छोरी जनताको काममै समय खर्चिरहेकी होलिन् भनी बुझिदिनुहोला । जाजारकोटबाट फर्किएपछि ३-४ दिनमा ललितपुरको चुनिखेल, थेचु, हरिसिद्दी, सुनाकोठी, नखिपोटमा स्थानीयहरू माझ पुगेँ, २(३ वटा महत्त्पूर्ण बैठक, कार्यक्रम र खबरदारीहरू गरियो र तपाईंहरूको मायाले स्वास्थ्य पनि निको भैसकेँ ।

तर माफ गर्नुहोला धेरै बिहेको निम्तोका कार्डहरू थाती राखेर भोलि बिहानै फेरि जाजरकोट जाँदैछु केही थप तयारीका साथ । ‘हामीले तेत्रो भोट देको, जिताको तर बिहेमा पार्टीमा बोलायो कैले आउँदिन सार्है ठूली भई’ नभन्नुहोला है्र मेरो शुभकामना सधैँ छ ।