२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नो स्वार्थ पूरा नभएपछि अमरेशले झुटको खेती गरे– प्रम सचिवालय



अ+ अ-

काठमाडौँ । सांसद अमरेशकुमार सिंहले आफ्नो निहित स्वार्थ पूरा नभएपछि प्रधानमन्त्री, उहाँको परिवार र सचिवालयविरुद्ध विद्वेषपूर्ण ढंगले अनर्गल, भ्रामक प्रचार र झुटको खेती गर्दै आएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

सांसद सिंहको उक्त अस्वाभाविक प्रस्तुति र अराजनीतिक बार्गेनिङ सरकारको पूर्णतासँगै सुर भएको तथ्य स्पष्ट छ भन्दै सचिवालयले उहाँको उक्त निन्दनीय आरोप र गतिविधिको घोर भर्त्सना गर्दै प्रचलित कानूनअनुसार उपचार खोज्न सचिवालयले सम्मानित प्रतिनिधिसभाको गम्भीर ध्यानाकर्षण गराएको छ ।

देशलाई ठग्ने उद्देश्यले एनसेल बिक्री गरेको घटनालाई सरकारले गम्भीरतापूर्वक लिई अध्ययन र छानबिनको प्रक्रिया अघि बढाइसकेको उल्लेख गर्दै सचिवालयले भनेको छ, “सम्माननीय प्रधानमन्त्रीज्यू कोप २८ मा भाग लिन दुबईमा रहेको बेला गरिएको यो किनबेचको प्रपञ्चलाई उहाँ नेपाल आउने बित्तिकै छानविन र कार्बाहीको प्रक्रिया अघि बढाइएको छ। छानविन समितिको अध्ययन र छानविनपछि सरकारले प्रचलित कानूनबमोजिम देशको स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर आवश्यक निर्णय लिने नै छ।”

“सत्य एकातर्फ छ तर अमरेश सिंह जस्ता जनप्रतिनिधि भन्न नि लाज लाग्ने प्रतिनिधिको अर्कोतर्फ निन्दनीय प्रलाप पूर्णत: झुट, कपोलकल्पित र व्यक्तिको इज्जत र प्रतिष्ठामाथि गम्भीर आँच पुर्‍याउने एवं कानूनी राज्यमाथि नै चुनौती दिने प्रकृतिको छ”, सचिवालयले भनेको छ ।

उक्त सन्दर्भमा विगत केही समयदेखि अराजनीतिक व्यक्ति र समूहले प्रधानमन्त्री र सचिवालयसँग अनुचित माग र बार्गेनिङ गर्न र त्यस्तो स्वार्थ पूरा नभएपछि शृङ्खलाबद्ध दुष्प्रचार गर्ने गरेको स्पष्ट गर्दै सचिवालयले भनेको छ, “सम्माननीय प्रधानमन्त्रीज्यूका सचिवालयका सदस्यहरू सबै प्रकारका कुप्रचार, आरोप र चुनौतीहरु सामना गर्न तयार छौँ। हामीलाई विश्वास छ, छानविन समितिले निर्धारित समयमा काम गर्नेछ, सत्य सबैसामु छलङ्ग हुनेछ, दोषी कोही छुट्ने छैनन् र कुप्रचार एवं भ्रमका सम्पूर्ण पर्दा च्यातिनेछन्।”