• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

ओलीले दोलालघाटमा माछा तारेपछि…



काठमाडौँ । मध्यपहाडी संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार दोलालघाटमा माछा तारेका छन् ।

काभ्रे र सिन्धुपाल्चोकको सिमानामा रहेको दोलालघाट बजारमा ओलीले माछा तारेका हुन् । यो माछाका लागि प्रख्यात ठाउँ हो ।

सुनकोशी नदीको माछा तारेर पूर्वप्रधानमन्त्री ओलीले दोलालघाटमा पर्यटन प्रबर्द्धन गरेको भन्दै उद्घोषिकाले धन्यवाद ज्ञापन गरिन् ।

एमालेको मध्यपहाडी संकल्प यात्रा आज काभ्रेको धुलिखेलबाट शुरू भई सिन्धुपाल्चोक, दोलखा हुँदै राति रामेछाप सदरमुकाम मन्थली पुग्ने कार्यक्रम छ ।