• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo

घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको दोस्रो दिन सोमबार सुन–चाँदीको मूल्य घटेको छ ।

आज सुन आईतबारको तुलनामा प्रतितोला पाँच सय रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला पाँच सय रूपैयाँले घटि एक लाख १७ हजार रूपैयाँमा कारोबार भईरहेको छ । आइतबार उक्त सुन प्रतितोला एक लाख १७ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख १६ हजार चार सय रूपैयाँ ५० मा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन प्रतितोला एक लाख १६ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १५ रूपैयाँ ले घटेर १४ सय १० रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।