८ भाद्र २०८३, सोमबार
,
Latest
चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले विधेयकको प्रस्ताव पेस गर्ने आरक्षपीडितको समस्या समाधान गर्न आयोग गठन हुन्छ : मन्त्री रावल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटीले लुटनलाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले जित निकालेको छ । गएराति भएको खेलमा सिटीले लुटन टाउनलाई उसको घरेलु मैदानमा २–१ गोलले पराजित गरेको हो ।

खेलमा सुरुवाती अग्रता भने लुटनले लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा एलिजा अडेवायोले गोल गर्दै लुटनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफमा ६२ औं मिनेटमा बर्नार्डो सिल्भाले तथा ६५ औं मिनेटमा ज्याक ग्रिलिसले गोल गर्दै सिटीलाई जित दिलाए ।

सिटी १६ खेलबाट ३३ अंकका साथ तालिकाको चौंथो स्थानमा छ । लुटन ९ अंकका सथ १८ औं स्थानमा छ ।