२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनालाई हराउँदै जिरोना ला लिगाको शीर्षस्थानमा उक्लियो



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले हार ब्यहोरेको छ । गएराति भएको खेलमा बार्सिलोना घरेलु मैदानमै जिरोनासँग ४–२ गोलले पराजित भएको हो ।

खेलको १२ औं मिनेटमा अर्टम डोवभीकले गोल गर्दै जिरोनालाई सुरुवाती अग्रता दिलाएका थिए । १९ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई १–१ को बराबरीमा ल्याए ।

यता, ४० औं मिनेटमा मिग्वेल गुटिरेज, ८० औं मिनेटमा भेलरी फर्नान्डेजले र ९०+५ औं मिनेटमा क्रिस्टियन स्टुआनीले गोल गर्दै जिरोनालाई सानदार जित दिलाए ।

९०+२ औं मिनेटमा बार्सिलोनाका इल्काए गुन्डोवानले गोल गरेपनि उनको गोलले बार्सिलोनाले ४–२ गोलको हार ब्यहोर्यो ।

जितसँगै जिरोना अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । उसको १६ खेलबाट ४१ अंक छ । ३९ अंकका साथ रियल मड्रिड दोस्रो स्थानमा रहँदा पराजित बार्सिलोना ३४ अंकका साथ चौंथो स्थानमा छ ।